बुधबार, असोज १४, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • महिनाको पहिलो दिनमै तोलामा १५०० ले बढ्यो सुनको मूल्य

महिनाको पहिलो दिनमै तोलामा १५०० ले बढ्यो सुनको मूल्य

फागुन महिनाको पहिलो दिन आइतबार नै सुन प्रतितोला १५ सय रुपैयाँले बढेको छ।
 |  आइतबार, फागुन १, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, फागुन १, २०७८

काठमाडौं- फागुन महिनाको पहिलो दिन आइतबार नै सुन प्रतितोला १५ सय रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार एकै दिनमा सुनको मूल्य १५ सयले बढेको हो।

यससँगै, आज महिनाको पहिलो दिन छापावाल सुनको मूल्य प्रतितोला ९५ हजार ५०० रुपैयाँ पुगेको छ। यस्तै, आज तेजाबी सुनको मूल्य प्रतितोला ९५ हजार रुपैयाँ कायम छ। गत साताको शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार र तेजाबी सुनको मूल्य ९३ हजार ५०० रुपैयाँ थियो।

यसैगरी, आज सुनसँगै चाँदीको कारोबार मूल्य पनि बढेको छ। गत साताको शुक्रबार तोलामा १२ सय ८० रुपैयाँ रहेको चाँदी आज १३ सय रुपैयाँ पुगेको छ। चाँदीको मूल्य आज एकै दिन २० रुपैयाँले बढेको हो।

प्रकाशित: Feb 13, 2022| 11:32 आइतबार, फागुन १, २०७८
प्रतिक्रिया दिनुहोस्