काठमाडौं- डाक्टर गोविन्द केसीको माग सम्बोधन गरी उनको जीवन रक्षाका लागि दबाब दिन सोलिडारिटी फर गोविन्द केसी अभियानले शनिबार जुलुस निकालेको थियो। प्रमुख प्रतिपक्षी कांग्रेसको भातृ संगठन तरुण दलले पनि सोही समयमा टेलिकम र इन्टरनेटको महशुल वृद्धिको विरोधमा प्रदर्शन गर्दै थियो।
माइतीघरबाट शुरु भएको तरुण दलको जुलुस होटेल एभरेस्ट अगाडि आइपुग्दा प्रहरीले रोक्यो। ठ्याक्कै पारिपट्टि डा केसीका समर्थकहरू प्रदर्शन गरिरहेका थिए।
तरुण दलको जुलुस प्रहरीको ब्यारिकेड (काँडेतार लगाएर प्रहरीले राखेको अवरोधक) तोडेर अगाडि बढ्यो। जुलसलार्इ रोक्न प्रहरीले लाठी मात्र बर्साएन, अश्रुग्यासका सेलहरू प्रहार गर्यो। प्रहरीको बल प्रयोगपछि जुलुस तितरबितर भयो।
हेर्नुहोस् नयाँ बानेश्वरमा भएको जुलुस र प्रहरी दमनका दृश्य ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...