काठमाडौं- बाँकेमा थप एक कोरोना संक्रमित युवकको ज्यान गएको छ। मैत्यु हुनेमा खजुरा गाउँपालिका-२ बाँकेका २३ वर्षीय पुरुष रहेका छन्। उनको आइतबार बिहान पाँच बजे भेरी अस्पतालमा मृत्यु भएको हो।
बाँकेका जिल्ला कोभिड-१९ व्यवस्थापन केन्द्रका फोकल पर्सन तेजबहादुर वलीका अनुसार ती युवक गत २७ माघमा संक्रमण पुष्टि भएपछि अस्पतालमा भर्ना भएका थिए। मृतक युवकले भेरोसेलको दुवै मात्राको खोप लगाएका थिए।
योसँगै बाँकेमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३५१ पुगेको छ। बाँकेमा अन्य जिल्लाबाट आएका व्यक्तिको मृत्यु हुने संख्या ४४५ पुगेको छ।