काठमाडौं- आसन्न स्थानीय तहको निर्वाचन र आफ्ना दैनिक गतिविधिबारे निर्वाचन आयोगले आजदेखि प्रत्येक दिन आमसञ्चार माध्यमलाई जानकारी दिने भएको छ।
हरेक दिन अपराह्न ४ बजे कान्तिपथस्थित कार्यालयमा रहेको मिडिया सेन्टरबाट प्रवक्ता/सहायक प्रवक्ताको उपस्थितिमा प्रेस मिट हुने आयोगका उससचिव कमल ज्ञवालीद्वारा जारी सूचनामा जनाइएको छ।
सरकारले आगामी वैशाख ३० गतेका लागि स्थानीय तहको निर्वाचन मिति घोषणा गरेसँगै आयोगले पनि सक्रियता बढाएको छ।