बिहीबार, असार ११, २०८३

बलेवा विमानस्थलको धावनमार्ग कालोपत्र सुरु

बागलुङको बलेवा विमानस्थल धावनमार्ग कालोपत्र सुरु भएको छ। वि.सं. २०७७ फागुनमै कालोपत्र गर्नुपर्ने विमानस्थलको धावनमार्ग कालोपत्रको काम पटक–पटक प्रभावित बन्दै आएको थियो।
 |  आइतबार, फागुन १, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, फागुन १, २०७८

गलकोट- बागलुङको बलेवा विमानस्थल धावनमार्ग कालोपत्र सुरु भएको छ। वि.सं. २०७७ फागुनमै कालोपत्र गर्नुपर्ने विमानस्थलको धावनमार्ग कालोपत्रको काम पटक–पटक प्रभावित बन्दै आएको थियो। 

National life

गत असारमै सम्पन्न गरी सञ्चालनमा ल्याउने लक्ष्य रहेको विमानस्थलको धावनमार्ग कालोपत्रको काम दुईपटक म्याद थपिसकेको छ। लामो समयको कोरोना सकस र मौसमी प्रतिकूलका बीच कालोपत्रको काम शुक्रबारदेखि सुरु भएको छ। 

वि.सं. २०७७ फागुनभित्र विमानस्थलको ७०० मिटर लम्बाइ तथा ३० मिटर चौडाइ धावनमार्ग कालोपत्र गरी सक्ने गरी नेपाल नागरिक उड्डयन प्राधिकरणले काष्ठमण्डम उमा एण्ड कम्पनी जेभी बल्खुसँग सात करोडमा ठेक्का सम्झौता गरेको थियो। 

विमानस्थलको सम्पूर्ण पूर्वाधार निर्माण सम्पन्न भएको र फागुन १५ भित्रै धावनमार्ग कालोपत्रको काम सम्पन्न भइसक्ने निर्माण कम्पनीका प्रतिनिधि वासु थापाले जानकारी दिए।

कोरोना महामारी र वर्षाका कारण पटक–पटक प्रभावित बनेको कालोपत्र कामले तीव्रता पाएको उनले बताए। 'मौसममा सुधार भएसँगै काम सुरु भएको छ, अहिले बिटामिन छर्ने काम भइरहेको छ, तत्कालै प्लान्टबाट कालोपत्रको कच्चा पदार्थ ल्याइन्छ', उनले भने, 'आगामी फागुनभित्रै विमानस्थको कालोपत्रको काम सम्पन्न भएर हस्तान्तरण गरिने छ, कोरोना र पानी परेर सडक बन्द हुँदा कालोपत्रमा ढिलाइ भएको हो, अब गर्मीसमेत लाग्न थालेको छ, १५ दिनमै विमानस्थल तयार गर्ने योजनामा छौँ।'

Shivam cement

धावनमार्गको कटिङ, नाली तथा तारबार एक वर्ष पहिलै सकिएर कालोपत्रका लागि तयार भएको विमानस्थल अहिलेसम्म सडक र कोरोनाका कारण धानवनमार्गको ग्राभेलसमेत सम्पन्न भइसकेको थियो। कोरोना महामारी र मौसमका कारण धावनमार्गको कालोपत्र गर्न समस्या भइरहेकामा अहिले काम प्रारम्भ भएको नेपाल नागरिक उड्डयन प्राधिकरणका प्राविधिक मीनराज ओझाले जानकारी दिए। उनका अनुसार ठेकदार कम्पनीले कालोपत्रका लागि सबै तयारी पूरा गरेर अहिले धावनमार्गको भुले उडाउने, बिटामिन छर्ने काम गरिरहेको छ। 

घाम नलागेका कारण कालोपत्रमा समस्या भएका थियो, अहिले मौसम क्रमशः सुधार भएकाले प्राविधिक हिसाबले काम गर्न सहज भएको उनको भनाइ छ। विमानस्थल कालोपत्रको ठेक्का चैत मसान्तसम्म मात्रै रहेको प्राधिकरणले जनाएको छ। विमानस्थलको जम्मा १५ प्रतिशतमात्रै काम बाँकी छ। कालोपत्र निर्माणसँगै विमानस्थलको काम सम्पन्न हुनेछ।

छब्बीस वर्षदेखि बन्द अवस्थामा रहेको सो विमानस्थल बागलुङ नगरपालिकाको संयोजनमा २०७४ चैत ९ गतेबाट पुनःसञ्चालन आएको थियो। नेपाल एयरलाइन्स तथा तारा एयरलाइन्सका जहाजले केही महिना उडानसमेत भरेका थिए। तर आवश्यक पूर्वाधार अभावले अहिले विमानस्थल बन्द छ। बागलुङ नगरपालिका–१४ नारायणस्थानमा सो विमानस्थल छ। हवाई सेवा नियमित भएमा बागलुङ जिल्लाका साथै पर्वत र म्याग्दीका जनतालाई समेत सुविधा पुग्ने बताइएको छ।

कालीगण्डकी करिडोरसँग जोडिएको विमानस्थल पुग्न बागलुङ बजारबाट  १२ किलोमिटर सडक कच्ची छ। मध्यपहाडी लोकमार्ग र कालीगण्डकी करिडोर कालोपत्र हुन सकेमा विमानस्थल सञ्चालनका लागि यात्रु अभाव नहुने सरोकारवाला बताउँछन्। बर्खाको समय धावनमार्गमा हिलो र हिउँदमा धुलो उड्ने समस्या भएपछि विमानस्थल बन्द भएको थियो। - रासस

प्रकाशित: Feb 13, 2022| 10:25 आइतबार, फागुन १, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।