बुधबार, मंसिर २४, २०८२
  • गृहपृष्ठ
  • फोटो
  • माधव नारायणका प्रदेश यात्री चागुनारायणमा [तस्बिरहरू]

माधव नारायणका प्रदेश यात्री चागुनारायणमा [तस्बिरहरू]

काठमाडौंको साखूँस्थित सालीनदीमा माधवनारायण मेलालाई भव्य रुपमा मनाइन्छ। माघ महिनाभर नै हिन्दु धर्मावलम्बीले माधव नारायणलाई विशेष रुपमा मनाउने गर्छन्।
 |  आइतबार, फागुन १, २०७८

दिनेश श्रेष्ठ

दिनेश श्रेष्ठ

आइतबार, फागुन १, २०७८

काठमाडौं- काठमाडौंको साखूँस्थित सालीनदीमा माधवनारायण मेलालाई भव्य रुपमा मनाइन्छ। माघ महिनाभर नै हिन्दु  धर्मावलम्बीले माधव नारायणलाई विशेष रुपमा मनाउने गर्छन्। 

National life

करिव एक महिना बढी चल्ने यो पर्व फागुन ४ गते समापन हुने छ। हरेक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना विधिपूर्वक स्वस्थानी व्रत एवं माघस्नान गरिन्छ। 

एक महिनासम्म बिहान माघ स्नान गरी नित्य मध्याह्नकालमा महादेवको पूजा गरिन्छ। बेलुकी स्कन्द पुराणको केदार खण्डअन्तर्गत माघ माहात्म्यको कुमार अगस्त्यबीच संवाद भएको स्वस्थानी व्रत कथा सुन्ने सुनाउने परम्परा छ।

सत्ययुगमा हिमालयकी पुत्री पार्वतीले महादेव स्वामी पाउन विष्णुको सल्लाहअनुसार निराहार रहेर स्वस्थानीको व्रत गर्दा आफ्नो मनोकाङ्क्षा पूर्ण भएको र पछि उहाँले लोककल्याणका निम्ति यो व्रतकथा प्रचारप्रसार गराई गरिब तथा दुःखीको उद्धार गर्नुभएको कथाका रूपमा नेपाली समाजमा प्रचलित छ। 

यही पुजाअन्तर्गत प्रदेश यात्रासमेत गरिन्छ। आज माघव नारायणका प्रदेश यात्रीले  चागुनारायण पुगेर स्थान गरेका छन्।

Laxmi sunrise bank
kumari

प्रकाशित: Feb 13, 2022| 09:47 आइतबार, फागुन १, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सेताम्मे पाथीभरा: रमाइलोसँगै कष्ट पनि [तस्बिरहरु]

हिँड्न नसक्नेहरु भरियालाई बोकाएर पनि मन्दिर पुग्छन्। काफ्लेपाटीबाट माथि यातायातको साधन जाँदैन। हिँड्न नसक्ने तीर्थयात्रीहरुका लागि बोक्न काफ्लेपाटीदेखि नै बाटामा भरियाहरु भेटिन्छन्।