बिहीबार, असार ११, २०८३

सर्वोच्चले आजदेखि सबै प्रकारका सेवा दिने

सर्वोच्च अदालतले आजदेखि नियमित रूपमा भौतिक उपस्थितिमै सबै प्रकारका सेवा दिने भएको छ।
 |  आइतबार, फागुन १, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, फागुन १, २०७८
National life
Shivam cement

काठमाडौं-  सर्वोच्च अदालतले आजदेखि नियमित रूपमा भौतिक उपस्थितिमै सबै प्रकारका सेवा दिने भएको छ। गएको  माघ ४ गतेको पूर्ण बैठकले कोरोना संक्रमणको बढ्दो जोखिमलाई मध्यनजर गर्दै सर्वोच्चले संकुचन गरेका सेवा आजदेखि पूर्ण रुपमा प्रदान गर्ने भएको हो।

बन्दी प्रत्यक्षीकरण तथा कोभिड महामारीसहित आधारभूत स्वास्थ्य सेवासँग सम्बन्धित र सार्वजनिक महत्त्वका मौलिक हकसँग सम्बन्धित रिट निवेदनको मात्र सुनुवाइ गरेर अन्य सेवा बन्द गरेको अदालत आजदेखि भने नियमित सेवामा जाने सर्वोच्चका प्रवक्ता बाबुराम दाहालले जानकारी दिए।

सर्वोच्चका अनुसार झण्डै एक महिनाको सेवा सङ्कुचनको  अवधिमा बन्दी प्रत्यक्षीकरण, मुद्दा फिर्ता, तामेली एवं मिलापत्रसम्बन्धी कामकारबाही, मुलुकी फौजदारी कार्यविधिअनुसार थुनुवा रहेका व्यक्तिको निवेदनलगायतका मुद्दामाथि कारबाही र सुनवाइलाई भने निरन्तरता दिइएको थियो।

प्रकाशित: Feb 13, 2022| 07:49 आइतबार, फागुन १, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।