बुधबार, असार ३१, २०८३
  • गृहपृष्ठ
  • समाज
  • बानेश्वरमा अश्रु ग्यास : बुद्धनगरवासीले आँखा मिच्दै पचाए

बानेश्वरमा अश्रु ग्यास : बुद्धनगरवासीले आँखा मिच्दै पचाए

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं– दिउँसोको दुई बज्न नपाउँदै बानेश्वर चोक एकाएक तनावग्रस्त देखियो। मानिसहरूको चिच्याहट र सुसेलाले सन्नाटामाथि धावा बोलेको थियो। 

२/३ जना युवा चोकको बीचमा उभिए। उनीहरूले एक निजी नम्बरप्लेट भएको कारलाई आन्दोलन भएका ठाउँतर्फ जान संकेत गरे। शंखमुलतर्फ  जान लागेको कारलाई  छेकेर बबरमहलतर्फ लगे। 

पहिला त धेरैले ती युवाले के गरेको होला भनेर आश्चर्य व्यक्त गरेका थिए। पछि थाहा भयो त्यो कार घाइतेलाई अस्पताल लानका लागि रहेछ। 

केसीको मागको समर्थनमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्की, पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराई, चर्चित् बलिउड अभिनेत्री मनिषा कोइरालालगायत विभिन्न क्षेत्रका व्यक्तित्वहरूले  केसीको अनसनमा ऐक्यबद्धता जनाउँदै प्रदर्शन गरेका थिए।

काठमाडौंको माइतीघर मण्डलाबाट शुरु भएको जुलुसलाई बानेश्वर पुग्नै लाग्दा इन्टरनेटको बढेको मूल्य घटनाउन माग गर्दै प्रदर्शनमा रहेको तरुणदलको जुलुस मिसिएकाो थियो । यो जुलुसलार्इ प्रहरीले छेकेको थियो। 

प्रदर्शनकारी र प्रहरीबीच केहीबेर ठेलमठेलको अवस्था आयो। जुलुस अगाडि बढ्न खोज्दा प्रहरीले लाठीचार्ज गरेको थियो। लाठीचार्जबाट केही घाइते भएका छन्। 

प्रहरीले लाठी मात्र हानेन, दर्जनौं सेल टियर ग्यास  प्रहार गरेको छ।  टियर ग्यासको असर बानेश्वरवरपरका भित्री घरहरूमा समेत पुगेको थियो। विशेष गरी बुद्धनगरका बासिन्दा धेरै समय यसबाट पीडित भए । सडकमा नआएका बुद्धनगरवासी आँखा मिच्दै घरमा बसेका थिए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।