बिहीबार, असार ११, २०८३

हतियारसहित दुई भारतीय नागरिक पक्राउ

बाँके र बर्दियामा चोरी धन्दामा संलग्न रहेको अभियोगमा दुई भारतीय नागरिकलाई बाँके प्रहरीले आज हतियारसहित पक्राउ गरेको छ।
 |  आइतबार, फागुन १, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, फागुन १, २०७८

राँझा- बाँके र बर्दियामा चोरी धन्दामा संलग्न रहेको अभियोगमा दुई भारतीय नागरिकलाई बाँके प्रहरीले आज हतियारसहित पक्राउ गरेको छ।

National life

भारतको रुपैडिहास्थित निबिया निवासी २६ वर्षीय डल्लु मनिहार र बाबागञ्ज निवासी २८ वर्षीय निजामुद्दिन कवडियालाई जानकी गाउँपालिका-५ बूढीयागाउँबाट एक थान कटुवा पेस्तोलसहित नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता प्रहरी नायव उपरीक्षक मधुसूदन न्यौपानेले जानकारी दिए।

उनका अनुसार ती दुई जनाले बाँके र बर्दियामा डाँका तथा चोरी घटनामा संलग्न रहेका थिए। गत पुस २९ गते बर्दिया शीतलाबजारका परशुराम सार्कीको घरमा राति पेस्तोल देखाएर तीन लाख ३५ हजार रुपैयाँ बराबरको नगद र सुन लुटेका उनीहरुले यही माघ १७ गते बाँके खजुरा गाउँपालिका-४ डिगाउँ निवासी सुन व्यवसायी हरिप्रकाश विकको घरबाट ५० हजार रुपैयाँ नगद, साढे तीन तोला सुन र २२० सीसीको पल्सर मोटरसाइकल चोरी गरेका थिए।

इलाका प्रहरी कार्यालय खजुराखुर्दबाट खटिएको प्रहरी टोलले एक थान कटुवा पेस्तोलसहित उनीहरूलाई आज पक्राउ गरेको थियो। उनीहरूलाई जिल्ला प्रहरीमा राखेर थप अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक न्यौपानेले बताए। - रासस

प्रकाशित: Feb 13, 2022| 06:38 आइतबार, फागुन १, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।