शनिबार, साउन ३०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • उत्तराखण्डमा निर्वाचनका हुने भएपछि नेपाल–भारत सीमानाका बन्द

उत्तराखण्डमा निर्वाचनका हुने भएपछि नेपाल–भारत सीमानाका बन्द

भारतको उत्तराखण्डमा हुन गइरहेको विधानसभा निर्वाचनका लागि नेपाल–भारत सीमा बन्द गरिएको छ। १४ फेब्रुअरी २०२२ मा हुने चुनावलाई लक्षित गरी माघ २८ गते बेलुकी ५ बजेदेखि फागुन ३ गते बिहान ७ बजेसम्मका लागि नेपाल–भारत सीमानाका बन्द गरिएको प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले जानकारी दिए।
 |  शनिबार, माघ २९, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, माघ २९, २०७८

काठमाडौं- भारतको उत्तराखण्डमा हुन गइरहेको विधानसभा निर्वाचनका लागि नेपाल–भारत सीमा बन्द गरिएको छ। १४ फेब्रुअरी २०२२ मा हुने चुनावलाई लक्षित गरी माघ २८ गते बेलुकी ५ बजेदेखि फागुन ३ गते बिहान ७ बजेसम्मका लागि नेपाल–भारत सीमानाका बन्द गरिएको प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले जानकारी दिए।

दार्चुलामा नेपाल–भारत जोड्ने खलंगा, लाली, जोलजिवि, दत्तु, तिग्रम र सीतापुल गरी ६ वटा सीमापुलसहित दार्चुला र बैतडीका सीमा नाकाहरु बन्द गरिएको प्रमुख जिल्ला अधिकारी उपाध्यायले बताए। सीमापुलहरु दैनिक बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म नेपाल–भारत आवत–जावतका लागि खुला गर्ने गरिएको छ।

निर्वाचनको समयमा ११ फेब्रुअरीदेखि १५ फेब्रुअरी बिहानसम्म सीमानाका बन्द गरिने भारतीय प्रशासनले समेत जानकारी गराएको छ। दुबै देशमा निर्वाचनको समयमा सीमा क्षेत्रमा निगरानी गर्ने, शान्ति र सुरक्षा व्यवस्थापनका लागि सहकार्य गर्ने गरिएको छ।

केही दिन पहिले सम्पन्न नेपाल–भारत सीमा अधिकारीहरुको भर्चुअल बैठकमा सीमानाका बन्द गर्ने विषयमा सहमति भएको थियो। यसअघि सम्पन्न भएका नेपाल र भारतका सबै निर्वाचनमा ४८ देखि ७२ घण्टासम्म सीमा नाकाहरु बन्द गर्नेगरिएको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ।

सीमानाका बन्द हुँदा दैनिक आवतजावत गर्ने स्थानीय, उपभोक्ता, व्यापारी र मजदुरहरु समस्यामा परेको बताएका छन्। 

प्रकाशित: Feb 12, 2022| 21:01 शनिबार, माघ २९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।