बुधबार, असोज १४, २०८३

संक्रमण बढ्दै गएपछि काठमाडौं–हङकङ उडान रोक्का

कोरोना भाइरसको संक्रमण फैलिँदै गएपछि हङकङले शनिबारदेखि उडान प्रतिबन्धित गरेको मुलुकको सूचीमा नेपाललाई पनि समावेश गरेको हो।
 |  शनिबार, माघ २९, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, माघ २९, २०७८

हङकङ- हङकङमा कोरोना भाइरस संक्रमितको संख्या बढ्दै गएपछि काठमाडौं-हङकङ उडान रोकिएको छ। कोरोना भाइरसको संक्रमण फैलिँदै गएपछि हङकङले शनिबारदेखि उडान प्रतिबन्धित गरेको मुलुकको सूचीमा नेपाललाई पनि समावेश गरेको हो।

शुक्रबार सरकारले अस्ट्रेलिया, क्यानडा, फ्रान्स, भारत, पाकिस्तान फिलिपिन्स, बेलायत र अमेरिकामा लगाइएको उडान प्रतिबन्धलाई १४ दिनका लागि लम्ब्याउने निर्णय गरेको थियो। यी मुलुकबाट आउने उडानमाथि जनवरी ८ देखि रोक लगाइएको थियो।

नेपालबाट आएका यात्रीहरुमा कोरोना संक्रमण देखिएपछि फेब्रुअरी १२ को मध्यरातदेखि नेपालबाट आउने कुनै पनि यात्रुवाहक विमानलाई हङकङमा अवतरण गर्न निषेध गरिएको छ।

यो प्रतिबन्ध मार्च ४ सम्म रहनेछ। त्यस्तै, गत १४ दिनमा नेपालमा दुई घण्टाभन्दा बढी समय बिताएको व्यक्तिलाई पनि हङकङमा विमानबाट उत्रिन दिइने छैन। हङकङमा पछिल्लो २४ घण्टामा १३ सयभन्दा बढी संक्रमित फेला परेका छन्।

प्रकाशित: Feb 12, 2022| 20:20 शनिबार, माघ २९, २०७८
प्रतिक्रिया दिनुहोस्