बिहीबार, असार ११, २०८३
  • गृहपृष्ठ
  • समाज
  • आजदेखि देशभरका शैक्षिक संस्था खुला, स्वास्थ्य मापदण्ड अनिवार्य

आजदेखि देशभरका शैक्षिक संस्था खुला, स्वास्थ्य मापदण्ड अनिवार्य

कोरोना भाइरसको ओमिक्रोन भेरियन्ट तीव्ररुपमा फैलिन थालेपछि बन्द भएका देशभरका शैक्षिक संस्थाहरु आइतबारदेखि खुला गरिने भएका छन्। सबैखाले शैक्षिक संस्थाहरुमा आइतबारदेखि भौतिक उपस्थितसहित पठनपाठन हुने भएको हो।
 |  आइतबार, फागुन १, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, फागुन १, २०७८

काठमाडौं- कोरोना भाइरसको ओमिक्रोन भेरियन्ट तीव्ररुपमा फैलिन थालेपछि बन्द भएका  देशभरका शैक्षिक संस्थाहरु आइतबारदेखि खुला गरिने भएका छन्। सबैखाले शैक्षिक संस्थाहरुमा आइतबारदेखि भौतिक उपस्थितसहित पठनपाठन हुने भएको हो। 

National life

फागुन १ देखि देशभरका विद्यालय, विश्वविद्यालयहरु, ट्युसन सेन्टरहरु सञ्चालनमा आउनेछन्। सरकारले जनस्वास्थ्यका मापदण्ड पालना गर्दै पठनपाठन गर्न भनेको छ। 

शिक्षा तथा मानवस्रोत केन्द्रले जारी गरेको विज्ञप्तिमा भनेको छ, ‘प्रस्तुत विषयमा नेपाल सरकार कोभिड-१९ संकट व्यवस्थापन समन्वय केन्द्रको मिति २०७८-१०-२३ को सिफारिस 'विश्वविद्यालय, विद्यालय, ट्युशन सेन्टर, तालिम वा अन्य प्रकारका शैक्षिक क्रियाकलापहरु जनस्वास्थ्य र सुरक्षाको मापदण्ड पालना गरी २०७८ फाल्गुण १ गतेबाट सञ्चालन गर्ने। विद्यालय सञ्चालन गर्दा १२ वर्ष पूरा भएका विद्यार्थीका हकमा नियमित रुपमा तथा १२ वर्ष पूरा नभएका विद्यार्थीका हकमा आलोपालो दिनमा कक्षा सञ्चालन गर्ने व्यवस्थाका लागि गृह मन्त्रालय र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई सिफारिस गर्ने' उल्लेख भई आएकाले सो अनुसार नै कार्यान्वयनको लागि आवश्यक व्यवस्था मिलाउनुहुन निर्णयानुसार अनुरोध छ।’

कोरोना संक्रमण जोखिमका कारण शैक्षिक संस्थाहरुले भर्चुअल पठनपाठन गरेका थिए। तर, विद्यार्थीहरुले भर्चुअल पठनपाठन भए पनि प्रभावकारी नभएको गुनासो गर्दै आएका छन्।


प्रकाशित: Feb 13, 2022| 05:45 आइतबार, फागुन १, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।