शनिबार, साउन ३०, २०८३

नेपालको कूटनीतिक सम्बन्ध १७३ देशसँग

नेपाल र प्रजातान्त्रिक गणतन्त्र टिमोर–लेस्टेबीच कूटनीतिक सम्बन्ध स्थापना भएको छ ।
 |  शनिबार, माघ २९, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, माघ २९, २०७८

काठमाडौं– नेपाल र प्रजातान्त्रिक गणतन्त्र टिमोर–लेस्टेबीच कूटनीतिक सम्बन्ध स्थापना भएको छ । यो सँगै नेपालसँग द्विपक्षीय कूटनीतिक सम्बन्ध भएका देशको संख्या १७३ पुगेको छ।

संयुक्त राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि अमृतबहादुर राई र सोही विश्व संस्थाका लागि उक्त मुलुकका स्थायी प्रतिनिधि कार्लिटो नुनेसले कूटनीतिक सम्बन्ध स्थापना गर्नेसम्बन्धी संयुक्त पत्रमा शुक्रबार हस्ताक्षर गरेका छन्।

दुवै राजदूतले राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसलाई नेपाल र टिमोर–लेस्टेबीच कूटनीतिक सम्बन्ध स्थापना भएको जानकारी गराउने सम्बन्धी संयुक्त पत्रमा पनि शुक्रबार नै हस्ताक्षर गरेको न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघका लागि स्थायी नेपाली नियोगले शनिबार जनाएको छ।

त्यस अवसरमा दुवै देशका राजदूतले राष्ट्रिय तथा बुहपक्षीय परिवेशमा विशेषगरी राष्ट्रसंघीय मञ्चहरूमा साझा हितका विभिन्न विषयमा द्विपक्षीय सहयोगलाई अझ सुदृढ तुल्याउने विषयमा विचार आदान–प्रदान गरेका थिए। 

प्रजातान्त्रिक गणतन्त्र टिमोर–लेस्टे दक्षिणपूर्व एशियामा अवस्थित १५ हजार वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको देश हो। १३ लाख ७० हजार जनसंख्या भएको उक्त देशले २७ सेप्टेम्बर २००२ मा राष्ट्रसंघको १९१औँ सदस्यको रुपमा प्रवेश पाएको हो। नेपाल र टिमोर–लेस्टे असंलग्न आन्दोलनका सदस्य हुन्। 


प्रकाशित: Feb 12, 2022| 17:16 शनिबार, माघ २९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।