बिहीबार, असार ११, २०८३

बाह्र वर्षे मेलाको अन्तिम दिन सडक अस्तव्यस्त

काभ्रेको धार्मिकस्थल पनौतीमा लागेको एक महिने मकर मेलाका कारण आज भक्तपुरको सवारी आवागमन अस्तव्यस्त भएको छ।
 |  शनिबार, माघ २९, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, माघ २९, २०७८

काठमाडौं– काभ्रेको धार्मिकस्थल पनौतीमा लागेको एक महिने मकर मेलाका कारण आज भक्तपुरको सवारी आवागमन अस्तव्यस्त भएको छ।

National life

मेलाको आज अन्तिम दिन बिहानैदेखि मेला भर्न जानेहरूले प्रयोग गरेको सवारीसाधनको घुइँचो लागेपछि अरनिको राजमार्ग खण्डको भक्तपुरको सल्लाघारीबाट पनौतीसम्मको सार्वजनिक तथा निजी सवारी आवागमन अस्तव्यस्त बनेको हो।

महानगरीय प्रहरी बृत्त जगातीका प्रहरी नायब उपरीक्षक राम केसीले मकर मेला भर्न जाने र फर्कने रिजर्भ तथा निजी र सार्वजनिक सवारीसाधनको चाप अत्यधिक भएपछि बिहानैदेखि अरनिको राजमार्ग खण्डअन्तर्गत सल्लाघारी–साँगा सडकमा घण्टौँ सवारी जाम हुँदा ट्राफिक व्यवस्थापनमा समेत समस्या परेको जानकारी दिए।

अरनिको राजमार्गमा घण्टौँ जाम भएपछि यस राजमार्गको वैकल्पिक मार्गका रूपमा रहेको भक्तपुरको च्यामासिं, ताथली, नाला हुँदै बनेपा जाने सडकमा समेत सवारी चाप बढेको छ। यो मार्ग भएर आज बिहानैदेखि लामो रुटका सवारीसाधन, मेलामा जान रिजर्भ गरिएका र निजी सवारीसाधनको चाप बढेपछि यो मार्गमासमेत सवारी जाम भएको छ।

मुख्य अरनिको राजमार्गमा भएको सवारी जामले अलपत्र यात्रु गन्तव्यमा पुग्न सास्ती भएको प्रहरीको भनाइ छ। साँझसम्मै सडक जाम हुने अवस्था आएपछि सडक जाम खुलाउन प्रहरीको टोली सल्लाघारीबाट काभ्रेको सिमाना साँगासम्म प्रहरी परिचालन गरिएको बताइएको छ।

Shivam cement

प्रकाशित: Feb 12, 2022| 16:48 शनिबार, माघ २९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।