शुक्रबार, जेठ ४, २०८१

त्यो सरप्राइज!

हाइलाइट : प्रणय दिवसमा उनीसँग मेरो संवाद हुन सकेन। ऊ रिसाएकी थिई मसँग, मेरो व्यवहारसँग। मैले उसलाई काठमाडौंबाट आउँदा आउँदैछु भनेर नसुनाएका कारण उसका आँखाहरू क्रोधले भरिपूर्ण थिए।
 |  शनिबार, माघ २९, २०७८

विवेक विवश रेग्मी

विवेक विवश रेग्मी

शनिबार, माघ २९, २०७८

प्रणय दिवसमा उनीसँग मेरो संवाद हुन सकेन। ऊ रिसाएकी थिई मसँग, मेरो व्यवहारसँग। मैले उसलाई काठमाडौंबाट आउँदा आउँदैछु भनेर नसुनाएका कारण उसका आँखाहरू क्रोधले भरिपूर्ण थिए। 

triton college

भनिन्छ, प्रेमको कुनै आकार हुँदैन। प्रेमको रङ्ग हुँदैन। न कुनै सीमा हुन्छ न जात नै! प्रेम कहिले, कहाँ, कोसँग, कतिबेला, कसरी हुन्छ? यी अनुत्तरित साध्य हल गर्न सक्ने सामर्थ्य मसँग छैन।  

'जन्मदिनको असंख्य शुभकामना राजा। तपाईंले चाहेका हरेक कुरा पूरा हुन्। कहिल्यै दुःखी हुन नपरोस्। म हजुरको जीवनबाट टाढा रहेपनि सधैं-सधैं तपाईंलाई माया गरिरहन्छु।' 

उसले छाडेर गएको ठीक तीन वर्षपछि मध्यरातमा मोबाइलमा आएको म्यासेज पढेँ।  म्यासेज पढ्दापढ्दै लेख्न मन लागेको थियो- 

'मैले त तिमीलाई चाहेको थिएँ, तिमी मेरो जीवनको यात्रामा सँगै, सधैं हिँड्न नसकेपछि त्यसदिनबाट मैले केही चाहेकै छैन, केही सोचेकै छैन। बरु तिमीले दुःखी नहुनु भनेजस्तो ठीक त्यसको विपरीत भइरहेको छ।' 

corrent noodles
Metro Mart

तर, लेखिनँ। 

किनकि, उनको मन मेरो कारणले दुखाउन चाहन्नथेँ। बरु उनैले भनेका कुरामा निरुत्तरित भइदिन्थेँ। सुनिदिन्थेँ मात्रै। प्रतिप्रश्न गर्थिनँ। 

म चाहन्थेँ, मेरो कारणले शाहजादीको मन नदुखोस्। हुन त उसँग 'अफेयर'मा रहँदा प्रणय-दिवसको दिन कहिल्यै भेटिनँ। कहिल्यै उनलाई प्रणय-दिवसको शुभकामना पनि दिइनँ। किनकिन आफैंलाई थाहा छैन। बरु, प्रणय-दिवसबारे अनेक प्रश्नहरू उब्जिन्थे। 

प्रणय-दिवस आउन एकदिन बाँकी थियो। काठमाडौं सुन्धारामा थिएँ। नोकियाको सानो सेलफोनमात्रै थियो साथमा। झोला र केही कविताका किताबहरू रुममै छाडेर निस्किएको थिएँ। 

भोलिपल्ट प्रणय-दिवस भएकाले त्यस साँझ काठमाडौंबाट कुनै हालतमा बस चढ्नु थियो। यात्रामा केवल केही हिस्सा यादबाहेक अरु केही, कोही पनि थिएनन्। मैले बस चढ्नुअघि र चढिसकेपछि पनि उनीलाई सुनाइन। एकाध म्यासेज गरेँ र बसको चौध नम्बरको सिटमा बसिरहेको थिएँ। प्रायजसोः बसमा लामो यात्रा गर्दा केही खान मन लाग्दैन, पानीबाहेक। 

बसमा चढेको आधा रातमा हेटौंडा आइपुगियो। दिउँसो खाजा नखाएको भएर बसबाट ओर्लिएँ, खाना खानका लागि। रातको ११ बजेको हुँदो हो, खलासी कराइरहेको थियो, 'खाना खाने ठाउँ आयो, ओर्लिनस्, ओर्लिनुस्।' 

खानपिनपछि पुनः बसमा चढेपछि खपिनसक्नुको पट्यार लागेर आयो। के-के सम्झिन पुगेँ क्यार, त्यसबेला। घर, आमा, बा, प्रेमिका र आफ्नो भविष्य। कसरी घर चलाउने? बाले अहिले बाँचेकै उमेर पुगेपछि कस्तो हुनेछु? बाको जत्तिकै उचाइ हुने हो कि नहुने हो? अनेक सोच्दासोच्दै रातको दुई बजिसकेछ घडीमा। 

त्यसपछि कतिखेर निदाएँ कुन्नि, पत्तो पाइन। बिहान एकैचोटी इटहरीको मुख्य चोकमा आएपछि मात्रै निद्राले छाड्यो। सरासर घर आएँ, फुत्त ब्याग फालेँ, कपडा फेरेँ र सरासर स्कुल गएँ। 

प्रणय दिवसको दिन। 

स्कुलमा सप्ताहव्यापी कार्यक्रम थियो। भलिबल प्रतियोगिता, ह्वील चियर, गीत प्रतियोगिता, वक्तित्वकला र कविता प्रतियोगिता। तीमध्ये कविता र भलिबल प्रतियोगितामा सहभागिता जनाएको थिएँ, मैले। खेलमा सबैभन्दा मनपर्ने भलिबल नै हो मेरा लागि। र, साहित्यमा कविता नै। दुवैमा प्रथम हुनुको मज्जा भिन्नै थियो। कविता प्रतियोगिताका निर्णायकहरू नेपाली पढाउने सरहरू नै हुनुहुन्थ्यो। 

त्यसदिन बिहानै एउटा खुशी त पाएको थिएँ। तर, दिउँसो एकाएक निराश हुनुपर्यो। म त काठमाडौंबाट हिँडेपछि आफ्नी प्रेमिकालाई सरप्राइज दिन चाहन्थेँ। त्यही भएर उनलाई सुनाएको थिइनँ।

बरू बस चढ्नुअघि हतार-हतार गोगंबु नजिकै किनेको गुद्पाक र पुष्टकारी चकलेट उसको ओठमा पुग्नका लागि आशातीत भएर बसेका थिए, झोलामा। 

प्रणय दिवसमा उनीसँग मेरो संवाद हुन सकेन। ऊ रिसाएकी थिई मसँग, मेरो व्यवहारसँग। मैले उसलाई काठमाडौंबाट आउँदा नसुनाएको भएका कारण उसका आँखाहरू क्रोधले भरिपूर्ण थिए। 

साँझमा अनेकन प्रयासले केहीबेरको भेटमा उनैको हातमा थमाइदिएँ, गुद्पाक र पुष्टकारी।  केहीबेरको संवादपछि उनका ओठ कोमल देखिए, म पनि खुशी भएँ। 

बेलाबेला ऊ भन्ने गर्थी, केटीहरूलाई खुशी बनाउन केही चाहिदैँन। मीठो बोली, राम्रो व्यवहार भए पुग्छ। बेलबेला थोरै मुस्कुराउँथी। 

म हरेक दिन चाहन्थेँ। कि, प्रेम हुँदा अभिव्यक्त गर्न नसकियोस्, प्रेम अभिव्यक्त गर्दा त कतै त्यतै हराइजाने पो हो कि ? म हरेक दिन चाहन्थेँ। कि, उनलाई भेटमा केही न केही सरप्राइज दिन पाइयोस्। अक्सर मलाई सरप्राइज दिन मनपर्छ। कहिले उसका आँखा छोपेर सुन्दर बगैंचा अघि पुर्याऊँ। 

कहिले कुनै नौलो ठाउँ उ सँगै घुम्न जाउँ। र, आँखाभरीको निद्रा उसकै काखमा निदाउन पाउँ। कहिले नौलो परिकार खाउँ, उ सँगै। र, जिन्दगी बाँच्न सिकौँ। जिन्दगी सँगै बाँचिरहूँ कुनै योजनाबिनै। सरप्राइज-सरप्राइज रूपमै। 

यस्तैयस्तै स-सना हर्कत गर्न चाहन्थें। तर, उसलाई थाहै नदिइकन। प्रेममा सरप्राइज भयो भने सुन्दर र नजिक भइन्छ भन्ने एउटा नमीठो भ्रम थियो मसँग। उसका लागि विश्वसनीय पात्र र नजिक भइरहनका लागि म यस्तै किसिमको हर्कतहरू गरिरहन चाहन्थेँ। 

समयक्रमसँगै एकदिन अचानक म्यासेज आयो, 'छोरी मान्छेको जिन्दगी पनि के नै छ र? अर्काको खुशी, अर्काको घरका लागि बाँचिदिनुपर्ने है राजा?'

उसको मन दुखेको बेला अथवा उसले मलाई धेरै 'मिस' गरेको बेला प्रयोग गर्ने वाक्य थियो - 'राजा'।

उसले हरेक समय प्रयोग गरेको त्यो वाक्यले म विक्षिप्त बन्थेँ। एकपटक ऐना हेर्थेँ र आँशु पुछ्थेँ। फेरि, खुशी बन्थेँ र कल्पनाको गहिराइमा हराउँथे। 

घाम क्षितिजसम्म पुग्न केही बेर मात्रै बाँकी थियो। उनको म्यासेजले झस्किएँ, पुनः एकफेर।  'बाबुआमाको सपना पूरा गरिदिनका लागि आफ्नो खुशी, आफ्नो सबै सपना तुहाएर अर्काको घरमा जानूपर्ने, कस्तो है छोरी मान्छेको जिन्दगी पनि?'

'अनि त्यसो नभएको भए संसार कसरी चल्थ्यो? सम्झ त एकपटक? तिमीले तिम्रो ममीलाई, मैले मेरो ममीलाई। एकपटक सम्झ त, हरेक हिसाबमा सम्झनुपर्छ नि?' मोबाइलमा म्यासेज टायप गरिरहेको हुँदो हुँ।

म्यासेज पठाउन नपाउँदै लगातार अर्को म्यासेज पनि आइरह्यो- 'मेरो त सपना तुह्यो, तुह्यो, बाबुआमाको सपना आँशुमा नबिलाओस् भनेर मैले यो निर्णय गरेकी हुँ, सधैँ खुशी हुनु है राजा।'

उनीबाट लगातार आएका यी म्यासेजका कारण हात थरथर काँप्न थालेको थियो। मुटुले ढकढक फुलिरहेको थियो, बाहिर निस्किएला जसरी। केही बोल्नै सकिन। फोन गर्न नम्बर डायल गरेँ। फेरि हतारहतार रातो बटन थिचेँ। बोल्न आँट आएन, ओठहरू हरिया र आँखा राता भएका थिए। मन पोलिरहेको थियो। 

हरेक दिन प्रायजसोः हरेक रात सुत्नुअघि म उसलाई सरप्राइज दिन चाहन्थेँ। कहिलेकाहीँ सुनाउँथे पनि। तर, यसबेला उनले बैमान गरिन् कि मीठो सरप्राइज दिइन् थाहा भएन। म उसको सरप्राइजले विक्षिप्त बनेँ एकफेर। 

खुशीको समय क्षणिक हुँदो रहेछ। खुशी आउनासाथ कतिखेर हो घडीको काँटा घुमिसकेको हुँदोरहेछ। बरू दुःखको बेला बर्षौंदेखि बिग्रिएर थन्किएको जस्तो गरी घडीको काँटा चल्दोरहेछ।

प्रकाशित: Feb 12, 2022| 11:39 शनिबार, माघ २९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सहकारीमा सुशासन र स्वनियमन

सहकारीमा सुशासन र स्वनियमन

सहकारीलाई व्यवस्थित, मर्यादित र प्रभावकारी रुपमा सञ्चालन गराउनेतर्फ सबै उत्तिकै जिम्मेवार हुन जरुरी छ। भविष्यमा पनि यस्ता समस्या दोहोरिन नदिन सरकार, सहकारी र निजी क्षेत्रले...
पुँजीवादको चास्नीमा डुबेर दुब्लाएको माओवादी

पुँजीवादको चास्नीमा डुबेर दुब्लाएको माओवादी

माओवादी नेतामा विकसित व्यक्तिवादी मनोविज्ञानले उनीहरूलाई गणेश बनाएको छ। उनीहरू गाउँमा गएर कार्यकर्ता तथा जनतासँग घुलमिल गर्नु भन्दा पनि प्रचण्डलाई महादेव मानेर परिक्रमा लगाउन तल्लिन...
उग्र राष्ट्रवादले 'फ्रिज' बनेको नेपाल-भारत सम्बन्ध र प्रचण्ड सरकारको कार्यभार

उग्र राष्ट्रवादले 'फ्रिज' बनेको नेपाल-भारत सम्बन्ध र प्रचण्ड सरकारको कार्यभार

'नेबरहुड फर्स्ट' को नीति लिएको भारतले नेपालसँग 'विशेष सम्बन्ध' रहेको सार्वजनिक स्वीकार्यको विषय नै बनेको छ। यद्यपि बेलाबेला नेपाल-भारत सम्बन्धमा निकै ठूला उतारचढावहरु पनि आउने...
अंक र अनुहारमा अल्झेको समावेशीकरण

अंक र अनुहारमा अल्झेको समावेशीकरण

प्राविधिक पक्षलाई ध्यान दिएर संख्या परिपूर्ति गर्दा पनि केही न केही लाभ सिमान्तकृत तथा पिछडिएको वर्ग, समुदाय र लिंगलाई हुन्छ नै तर जुन गतिमा उनीहरुको...
अराजकवादी राष्ट्रवाद र ओली प्रवृत्ति

अराजकवादी राष्ट्रवाद र ओली प्रवृत्ति

भारतीय गुप्तचर संस्था ‘रअ’ का प्रमुख सामन्तकुमार गोयललाई २०७७ कात्तिक ४ गते मध्यरातमा बालुवाटारमा स्वागत गरेका थिए ओलीले। गोयलसँग गरेको गुपचुप वार्तामा के कुरा भयो,...