बिहीबार, असार ११, २०८३

सिलादीका सुकुम्वासीलाई लालपुर्जा वितरण

उनीहरु सडक निर्माणपछि गाउँ नै पहिरोको जोखिममा परेकाले २२ वर्षदेखि सिलादीस्थित सार्वजनिक जग्गामा बस्दै आएका थिए।
 |  शनिबार, माघ २९, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, माघ २९, २०७८

गुल्मी- गुल्मीको मालिका गाउँपालिका-७ घमिरका विपन्न १२ दलित परिवारले लालपुर्जा पाएका छन्। उनीहरु सडक निर्माणपछि गाउँ नै पहिरोको जोखिममा परेकाले २२ वर्षदेखि सिलादीस्थित सार्वजनिक जग्गामा बस्दै आएका थिए। 

National life

सार्वजनिक वन क्षेत्रमा बसोबास गरिरहेका विपन्न परिवार घर, पानी, बिजुलीलगायतका सुविधाबाट वञ्चित थिए। सार्वजनिक जग्गामा सुकुम्बासीका रुपमा बसोबास गरिरहेका दलित विपन्न परिवारको आधारभूत मानवअधिकार र नागरिक हकबाट वञ्चित भएको विषयलाई लिएर स्थानीय तहको आलोचना भएको थियो। मालिकाले जनप्रतिनिधि निर्वाचित भएकै वर्षबाट सुकुम्बासी व्यवस्थापनको प्रयास गरिरहेको थियो। उनीहरुलाई गाउँपालिकाले डिहीमा जग्गा खरिद गरेर बसोबासको व्यवस्था गरेको गाउँपालिकाका प्रमुख रीतबहादुर थापाले बताए।

सिलादीको वन नजिकै ५४ वर्षीय जुठे सुनारले ऊर्जाशील २२ वर्ष बताए। घर चुहिने थियो। उनी पिउने पानी र बिजुलीबाट पनि वञ्चित रहेका थिए। लालपुर्जाको आशमा थुप्रै पटक नेताको आश्वासन मात्र पाएका थिए। तर अहिले गाउँपालिकाले लालपुर्जा नै वितरण गरेको छ। ‘लालपुर्जा पाइने आशमा थुप्रै वर्ष बितेको थियो, तर अहिले हातमा पुर्जा नै आयो।’ उनले भने, ‘लालपुर्जाले मुहारमा खुसी छाएको छ।’ 

सोही ठाउँकै ७० वर्षीय गोरे सार्कीले लालपुर्जा पाएपछि संसार जितेजस्तै महसुस भएको प्रतिक्रिया दिए। उनले भने, ‘गाउँपालिकाले घरसँगै पानी बिजुली दिने भएकाले खुसी छौँ।’ गाउँपालिकाले प्रतिपरिवार जग्गा खरिदका लागि ५० हजार उपलब्ध गराएको छ भने घर पनि गाउँपालिकाले नै निर्माण गरिदिने गाउँपालिकाका प्रवक्ता शोभाखर गिरीले बताए। घरका लागि प्रतिपरिवार दुई लाख गाउँपालिकाले उपलब्ध गराउने गिरीले जानकारी दिए। गाउँपालिकाले प्याकेजमै विपन्न परिवारको व्यावस्थापनको योजना अगाडि बढाएको छ। अब एकीकृत बस्ती निर्माणको काम अगाडि बढाइने गाउँपालिकाले जनाएको छ।  रासस

प्रकाशित: Feb 12, 2022| 11:30 शनिबार, माघ २९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।