शनिबार, साउन ३०, २०८३

लागूऔषधसहित तीन युवक पक्राउ

धनगढीमा लागूऔषधसहित तीन जना पक्राउ परेका छन्।
 |  शनिबार, माघ २९, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, माघ २९, २०७८

धनगढी- धनगढीमा लागूऔषधसहित तीन जना पक्राउ परेका छन्। धनगढी उपमहानगरपालिका-३ सहिद गेटबाट तीन जना युवकलाई ८८ ट्याब्लेट नाईट्रोभेट र २८ ट्याब्लेटसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ।

बोराडाँडीतर्फ जाँदै गरेको ध.उ.म.न.पा. ६८६ नम्बरको अटोमा चेकजाँच गर्दा चालकको सिटमुनि लुकाई छिपाई राखेको अवस्थामा लागूऔषध भेटिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। 

पक्राउ पर्नेमा अटो चालक धनगढी ३ का अन्दाजी २१ वर्षीय एकेन्द्र विष्ट, सोही ठाउँका २० वर्षीय सुरेन्द्र कोली र प्रकाश बिक रहेका छन्। उनीहरू तीनै जनालाई नियन्त्रणमा लिई लागूऔषध मुद्दामा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।

प्रकाशित: Feb 12, 2022| 09:40 शनिबार, माघ २९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।