बिहीबार, असार ११, २०८३

३९ शाखा अधिकृतको नाम उपसचिवमा सिफारिस

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ३९ जना शाखा अधिकृतलाई उपसचिवमा बढुवा सिफारिस गरेको छ।
 |  शनिबार, माघ २९, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, माघ २९, २०७८

काठमाडौं- संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ३९ जना शाखा अधिकृतलाई उपसचिवमा बढुवा सिफारिस गरेको छ। 

National life

बढुवा समितिको शुक्रबारको बैठकले कार्यक्षमताका आधारमा  लेखा परीक्षणका १५, तथ्याङ्कका २, इन्जिनियरिङ (जनरल) ८ र इन्जिनियरिङ (हाइवे)तर्फ १४ गरी ३९ जनाको नाम बढुवाका लागि सिफारिस गरेको हो।

लेखा परीक्षण समूहका केदारप्रसाद खकुरेल, अगमबाबु पुरी, दुर्गाप्रसाद पन्थी, टीकानाथ अर्याल, तोयनारायण पौडेल, चन्द्रप्रकाश रेग्मी, सन्तोष शर्मा सापकोटा, विष्णुप्रसाद पौड्याल, कल्पना घिमिरे, यमनाथ खनाल, ध्रुव न्यौपाने, झविन्द्रप्रसाद भण्डारी,  गोविन्दप्रसाद धमला, श्यामप्रसाद गौतम र हीरामणि निरौलाको नाम बढुवाका लागि सिफारिस गरिएको छ।

यस्तै तथ्यांक समूहका कमल पौडेल र विनोद आचार्य पनि बढुवा सिफारिसमा परेका छन्। इन्जिनियरिङतर्फ जनरल उपसमूहबाट शोभा श्रेष्ठ, नवीन श्रेष्ठ, पुण्यराम सुलु, स्मिता शर्मा, सचिन्द्रकुमार यादव, रविचन्द्र पंजियार, महेश्वरी खड्का र टंकप्रसाद खनाल बढुवा सिफारिसमा परेका छन्।

इन्जिनियरिङ हाइवे उपसमूहका १४ जनामा शोभा गिरी, वन्दना आचार्य, माधवप्रसाद अधिकारी, मुकुन्दप्रसाद लामिछाने, अमिन्द्र खड्का, प्रकाश पौडेल, शशांक मिश्र, राजेशकुमार यादव, छविलाल पौडल, राजीव श्रेष्ठ, कमलकुमार साह, लीलाबहादुर भण्डारी, नवराज बास्तोला र केशवप्रसाद ओझा रहेका छन्।

Shivam cement

प्रकाशित: Feb 12, 2022| 08:14 शनिबार, माघ २९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।