बिहीबार, असार ११, २०८३

दाङमा जन्ती बोकेको बस दुर्घटना, २२ जना घाइते

दाङमा जन्ती चढेको गाडी दुर्घटना हुँदा २२ जना घाइते भएका छन्। घाइते हुनेमा तीन जनालाई बढी चोट लागेको प्रहरीले जनाएको छ।
 |  शनिबार, माघ २९, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, माघ २९, २०७८

दाङ- दाङमा जन्ती चढेको गाडी दुर्घटना हुँदा २२ जना घाइते भएका छन्। घाइते हुनेमा तीन जनालाई बढी चोट लागेको प्रहरीले जनाएको छ।

National life

भारतबाट दुलही लिन कोइलावास हुँदै दाङको राजपुर आउँदै गरेको जन्ती बोकेको भारतीय नम्बर प्लेट युपी ४६ टि २८३७ पिक अप भ्यान गढवा-५ चिसापानी नजिक दुर्घटना भएको प्रहरीले जनाएको छ।

भारत उत्तर प्रदेशको शंकरपुर भन्ने ठाउँबाट राजपुर खरदरियामा दुलही लिन आउँदै गरेको भ्यान शुक्रबार साँझ करिब ७ बजे तिर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ। घाइते सबैलाई उपचारका लागि लमही अस्पताल लगिएको छ। 

दुलहा अर्को गाडीमा चढेका थिए। गाडीको ब्रेक फेल हुँदा दुर्घटना भएको प्रहरीले जनाएको छ।

प्रकाशित: Feb 12, 2022| 07:42 शनिबार, माघ २९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।