शनिबार, साउन ३०, २०८३

जवालाखेलसँग बराबरीमा रोकियो त्रिभुवन आर्मी क्लब

सहिद स्मारक ए डिभिजन लिगको ६५औं खेलमा त्रिभुवन आर्मी क्लबले जवलाखेल यूथ क्लबसँग १-१ गोलको बराबरी खेलेको छ।
 |  शनिबार, माघ २९, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, माघ २९, २०७८

काठमाडौं- सहिद स्मारक ए डिभिजन लिगको ६५औं खेलमा त्रिभुवन आर्मी क्लबले जवलाखेल यूथ क्लबसँग १-१ गोलको बराबरी खेलेको छ। दशरथ रंगशालामा सम्पन्न खेलमा जितको लक्ष्य सहित मैदान उत्रिएको आर्मीले एक गोलले पछि परेको अवस्थाबाट बराबरी गरेको हो।

खेलको पहिलो हाफ गोलरहित बराबरी भएपछि दोस्रो हाफमा दुवै गोल भएका थिए।

खेलको ५३औं मिनेटमा ओन्गुना जुनियरले गोल गर्दै जावलाखेललाई अग्रता दिलाएका थिए। यससँगै आर्मी एक गोलले पछि परेको थियो।

निर्धारित ९० मिनेटसम्म पनि आर्मीले गोल गरेन। खेलको इन्ज्युरी समयमा समन अर्यालले आर्मीलाई हारबाट जोगाएका थिए। जगजित श्रेष्ठले दिएको पासलाई सदुपयोग गर्दै उनले गोल गरेका हुन्। यो बराबरीसँगै आर्मीले अहिले १८ अंक बनाएको छ।

यता जवालाखेलले पनि ९ अंक जोडेको छ। आजै सम्पन्न अर्को खेलमा फ्रेन्ड्स क्लबले ब्रिगेड बोइज क्लबमाथि जित निकालेको थियो।

प्रकाशित: Feb 12, 2022| 07:30 शनिबार, माघ २९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।