बुधबार, असोज १४, २०८३

आजको विदेशी मुद्राको विनिमय दर यस्तो छ

नेपाल राष्ट्र बैंकले शनिबारका लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दर यस प्रकार छ- राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२० रुपैयाँ ३२ पैसा र बिक्री दर १२० रुपैयाँ ९२ पैसा कायम गरेको छ।
 |  शनिबार, माघ २९, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, माघ २९, २०७८

काठमाडौं- नेपाल राष्ट्र बैंकले शनिबारका लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दर यस प्रकार छ- राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२० रुपैयाँ ३२ पैसा र बिक्री दर १२० रुपैयाँ ९२ पैसा कायम गरेको छ। 

युरो एकको खरिद दर १३६ रुपैयाँ ९७ पैसा र बिक्री दर १३७ रुपैयाँ ६६ पैसा  कायम गरिएको छ। पाउन्ड स्टर्लिङ एकको खरिद दर १६३ रुपैयाँ ०२ पैसा र बिक्री दर १६३ रुपैयाँ ८३ पैसा छ। यस्तै, स्विस फ्रेङ्क एकको खरिद दर १२९ रुपैयाँ ६८ पैसा र बिक्री दर १३० रुपैयाँ ३३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

अस्ट्रेलियन डलर एकको खरिद दर ८५ रुपैयाँ ७३ पैसा र बिक्री दर ८६ रुपैयाँ ४७ पैसा तोकिएको छ। क्यानेडियन डलर एकको खरिद दर ९४ रुपैयाँ ५४ पैसा रहेको छ भने बिक्री दर ९५ रुपैयाँ ०१ पैसा छ। 

जापानी येन १० को खरिद दर १० रुपैयाँ ३७ पैसा र बिक्री दर १० रुपैयाँ ४२ पैसा रहेको छ भने चिनियाँ यूआन एकको खरिद दर १८ रुपैयाँ ९२ पैसा र बिक्री दर १९ रुपैयाँ ०२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

यस्तै, साउदी अरबियन रियाल एकको खरिर दर ३२ रुपैयाँ ०७ पैसा र बिक्री दर ३२ रुपैयाँ २३ पैसा रहेको छ भने कतारी रियाल एकको खरिद दर ३३ रुपैयाँ ०५ पैसा र बिक्री दर ३३ रुपैयाँ २१ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचनाामा उल्लेख छ। 

मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ७२ पैसा छ भने बिक्री दर २८ रुपैयाँ ८६ पैसा रहेको छ। यसैगरी कोरियन वन १०० को खरिद दर १० रुपैयाँ ०६ पैसा र बिक्री दर १० रुपैयाँ ११ पैसा कायम गरिएको राष्ट्र बैंकले जनाएको छ। - यस्तो छ आजको विनिमय दर

प्रकाशित: Feb 12, 2022| 07:07 शनिबार, माघ २९, २०७८
प्रतिक्रिया दिनुहोस्