काठमाडौं- शनिबार एक दिनका लागि नेपाल प्रहरीको अनलाइन सेवा बन्द रहने भएको छ। नियमित प्राविधिक मर्मत सम्भारका लागिभन्दै शनिबार बिहान ११ बजेदेखि साँझ ६ बजेसम्म अनलाइन सेवा अवरुद्ध हुने नेपाल प्रहरीले जनाएको छ।
प्रहरी प्रधान कार्यालयले एक सूचना जारी गर्दै अनलाइन प्रहरी चारित्रिक प्रमाणपत्र प्रणाली र अनलाइन ट्राफिक नियम उलङ्घन जरिवाना भुक्तानी प्रणालीको प्रयोगमा अवरोध हुनसक्ने जनाएको छ।
बेलुका ६ बजेपछि भने सेवा यथावत रुपमा सञ्चालनमा आउने र यसबाट पर्नसक्ने असुविधाका लागि नेपाल प्रहरीले क्षमायाचना गरेको छ।