शनिबार, साउन ३०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • भारतको उत्तराखण्डसँग जोडिएका सिमानाका चार दिनका लागि बन्द

भारतको उत्तराखण्डसँग जोडिएका सिमानाका चार दिनका लागि बन्द

 |  शुक्रबार, माघ २८, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, माघ २८, २०७८

बैतडी- नेपाल–भारत सिमानाका आजदेखि चार दिनका लागि बन्द भएका छन्। भारतको उत्तराखण्ड राज्यमा फेब्रअरी १४(फागुन २ गते ) हुन गइरहेको विधानसभा निर्वाचनलाई मध्यनजर गर्दै बैतडी र दार्चुलाका सबै नाका चार दिनका लागि बन्द भएका हुन्।  

भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाका आज बिहानदेखि फागुन ३ गतेसम्मका लागि बन्द भएका जिल्ला प्रशासन कार्यालय बैतडीका सूचना अधिकारी खगेन्द्र भारतीले जानकारी दिए।

दार्चुलाका भारतसँग सीमा जोडिएका सबै नाका पनि आजदेखि फागुन २ गतेसम्म बन्द भएका दार्चुला जिल्ला प्रशासन कार्यालयले जनाएको छ।निर्वाचनमा सुरक्षा संवेदनशीलताको कारणले गर्दा दुवै देशको सहमतिको आधारमा नाका बन्द गरिएका हुन्। सीमा बन्द रहेको अवधिमा आकस्मिक रुपमा खोल्नुपरेमा आपसी सहमतिमा खोल्न सकिने जनाइएको छ।  

यस्तै गड्डाचौकी नाका पनि आजदेखि  बन्द गरिएको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक चक्रबहादुर शाहका अनुसार आजदेखि फागुन २ गतेसम्मका सीमा नाका बन्द गरिएको छ।

निर्वाचनका लागि भारत सरकारको अनुरोधमा सीमा नाका बन्द गरिएको हो। भारतको उत्तराखण्ड राज्यमा विधानसभा निर्वाचनका लागि १४ फेब्रुअरीमा मतदान हुँदैछ। चुनाव अवधिभरी सीमा नाका पूर्ण रुपमा बन्द हुने जनाइएको छ। रासस

प्रकाशित: Feb 11, 2022| 20:51 शुक्रबार, माघ २८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।