काठमाडौं- संस्कृतिविद् सत्यमोहन जोशीको स्वास्थ्य अवस्था सुधारोन्मुख भएको छ। स्वास्थ्य समस्या आएपछि माघ २५ गते किस्ट मेडिकल कलेजमा उपचाररत जोशीको स्वास्थ्यमा सुधार भएको अस्पतालले जानकारी दिएको हो।
'विगत २४ घण्टादेखि अक्सिजनको आवश्यकता पनि घटेको र पिसाबमा देखिएको संक्रमणको उपचार भइरहेको छ। समग्रमा उहाँको स्वास्थ्य स्थिति सुधारोन्मुख रहेको छ,’ अस्पतालले जारी गरेको सूचनामा उल्लेख छ।
जोशीलाई निमोनिया संक्रमण र मुटुमा समस्या भएको बताइएको छ।