बुधबार, असार ३१, २०८३
  • गृहपृष्ठ
  • समाज
  • भारतीय प्रधानमन्त्री मोदी पास, विपक्षीको प्रस्ताव 'फेल'

भारतीय प्रधानमन्त्री मोदी पास, विपक्षीको प्रस्ताव 'फेल'

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
नयाँ दिल्ली- भारतीय विपक्षी दल भारतीय राष्ट्रिय कंग्रेसले प्रधानमन्त्री नरेन्द्र मोदीविरद्ध संसदमा दर्ता गरेको अविश्वासको प्रस्ताव फेल भएको छ। शुक्रबार करिब ११ घण्टा लामो बहसपछि प्रधानमन्त्री मोदीले संसदमा आफ्नो बहुमत रहेको सावित गरेका छन्। 

संसदमा जम्मा खसेको ४५१ मतमध्ये प्रस्तावको पक्षमा जम्मा १२६ मत परेको छ भने प्रधानमन्त्री मोदीको पक्षमा अथवा प्रस्तावको पक्षमा ३२५ मत खसेको बीबीसीले जनाएको छ।

भोटिङ हुनुभन्दा पहिले प्रधानमन्त्री मोदीलार्इ संसदलार्इ सम्बोधन गर्दै विपक्षी कंग्रेससँग मोदी हटाउँ एकमात्र मुद्दा भएको बताएका थिए। त्यस समयमा विपक्षीले संसदमा नाराबाजी जारी राखेका थिए। 

संसदमा प्रधानमन्त्री मोदीकाविरुद्ध बिहीबार अविश्वासको प्रस्ताव दर्ता गरिएको थियो। 

विपक्षी दल कँग्रेसले उक्त प्रस्ताव दर्ता गराएसँगै संसद् चल्न नदिने भन्दै संसदमा अवरोध गरेकव थियो।  सरकार कुनै पनि दलले उठाएका जुनसुकै विषयमा पनि छलफल गरी त्यसबाट समाधान निकाल्न तयार भएको भन्दै संसद् चल्न दिन आग्रह गरेसँगै संसद सुचारु भएको थियो। 

भारतीय संसद्मा प्रधानमन्त्री मोदीका विरुद्ध बिहीबार प्रतिपक्षी दल कँग्रेसले अविश्वासको प्रस्ताव दर्ता गराएको भोलि पल्ट शुक्रबार तल्लो सदन लोकसभाको वर्षे अधिवेशनअन्तर्गतको बैठकमा सहभागी हुने क्रममा संसद भवनको बैठक कक्षमा भारतीय राष्ट्रिय कँग्रेसका अध्यक्ष राहुल गान्धीले मोदीलाई अंकमाल गरेको विषयले निकै चर्चा पायो। 

 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।