काठमाडौं- न्याय परिषद्ले एकैपटक ७२ जना जिल्ला न्यायाधीशहरुको सरुवा गरेको छ। त्यस्तै ३८ जना न्यायाधीशको पदस्थापनको गरिएको छ ।
शुक्रबार बसेको परिषद्को बैठकले जिल्ला न्यायाधीशहरुको सरुवा र पदस्थापनको गरिएको हो। परिषदको अर्को बैठक साउन ६ गते आइतबार बस्ने जनाइएको छ।
नियमित प्रक्रियाअनुसार नै सरुवा भएको परिषद्ले जनाएको छ। नेपालको संविधानको धार १५० को उपधारा २ तथा न्याय परिषद् ऐन दफा २७ कमोजिम उक्त गर्ने निर्णय गरेको हो।




प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४