शुक्रबार, भदौ ५, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • माधव नेपाल पक्षीय केन्द्रीय कमिटी बैठकमा सदस्यहरु बोल्ने क्रम सकियो

माधव नेपाल पक्षीय केन्द्रीय कमिटी बैठकमा सदस्यहरु बोल्ने क्रम सकियो

नेकपा एमालेको माधव नेपाल पक्षीय केन्द्री कमिटी बैठकमा ५५ जना केन्द्रीय सदस्यले आफ्ना धारणा राखेका छन्।
 |  शुक्रबार, साउन २२, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन २२, २०७८

काठमाडौं- नेकपा एमालेको माधव नेपाल पक्षीय केन्द्री कमिटी बैठकमा ५५ जना केन्द्रीय सदस्यले आफ्ना धारणा राखेका छन्। बुद्धनगरस्थित  एक पार्टी प्यालेसमा बसेको बैठकमा बिहीबार २३ र (शुक्रबार) ३२ जना गरी ५५ जनाले बोलेका छन्।

झण्डै ७० जना केन्द्रीय सदस्यहरु उपस्थित बैठकमा अब सदस्यहरुको धारणालाई समेटेर निष्कर्ष  निकालिने भएको छ। बैठक बोल्ने अधिकांश सदस्यहरुले पार्टी एकतामा जोड दिएका छन्।

बैठकमा बोल्दै केन्द्रीय सदस्य मेटमणि चौधरीले भने पार्टी एकता सम्भव नभएको बताएका छन्। साथै उनले संविधान र संसदको रक्षाका लागि पार्टी सरकारमा जानुपर्ने धारणासमेत राखेका छन्।

अन्य केही सदस्यले पनि ओलीसँग एकता भएपछि संसद पुनः विघटन हुन सक्ने र संविधान खतरामा पर्न सक्ने आशंका व्यक्त गरेका छन्। उनीहरुले एकताका लागि ओलीले की अध्यक्षबाट राजीनामा दिनुपर्ने कि सरकार निर्माणको खेलमा नलाग्ने प्रतिबद्धतासहितको सम्झौता हुनुपर्ने बताएका छन्।

केन्द्रीय सदस्यहरुले धारणा राखिसकेपछि अहिले स्थायी कमिटीका नेताहरु छलफललमा जुटेका छन्।

प्रकाशित: Aug 06, 2021| 14:35 शुक्रबार, साउन २२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...