शनिबार, कात्तिक ७, २०८३

संगीत चोरीको आरोप लागेका महेश खड्काले के भने पत्रकार सम्मेलन गरेर?

संगीतकार महेश खड्काले आफूमाथि लागेको संगीत चोरीको आरोप निराधार रहेको बताएका छन्।
 |  शुक्रबार, माघ २८, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, माघ २८, २०७८

काठमाडौं– संगीतकार महेश खड्काले आफूमाथि लागेको संगीत चोरीको आरोप निराधार रहेको बताएका छन्। शुक्रबार काठमाडौंमा पत्रकार पत्रकार सम्मेलन आयोजना गरेर उनले संगीतकार वसन्त सापकोटाले गरेको संगीत आफूले चोरी नगरेको प्रस्टीकरण दिएका हुन्।

उनले भने, ‘उहाँले बौद्धिक सम्पत्ति चोरीको विषयमा कानुनी उपचार खोज्ने उपाय छोडेर मिडियाबाजी गरी मेरो प्रतिष्ठामा आँच आउने काम गर्नुभएको छ।’ गायक प्रमोद खरेल र बाल गायिका रुक्साना लिम्बूले गाएको ‘नोगेन’ बोलको गीतको संगीत केही अंश चोरेको आरोप महेशलाई अर्का संगीतकार वसन्त सापकोटाले लगाएका छन्।

संगीतकार सापकोटाले आफूले संगीत भरेको नेपाली चलचित्र ‘सिलसिला’को सागरसरी चोखो माया गीतको अंश चोरी भएको एक सार्वजनिक कार्यक्रममा आरोप लगाएपछि खड्काले चोरी प्रमाणित गरेर देखाउन चुनौती दिएका छन्।

पछिल्लो समय नेपाली गीतसंगीत र शब्द चोरीको आरोप–प्रत्यारोपको सिलसिला चलेको छ। केही दिनअघि गायिका रचना रिमालले अञ्जु पन्तले गाएको गीत न बिर्सें तिमीलाई, न पाएँ तिमीलाई गाएपछि त्यसमा पनि विवाद भएको थियो। त्यसैगरी गायक दुर्गेश थापा पैसा बोलको गीतमा प्रयोग भएको शब्दका कारण निकै आलोचित बन्नुपरेको थियो। 

नोगेन गीतको भिडियो

सागरसरी चोखो माया गीतको भिडियो


प्रकाशित: Feb 11, 2022| 15:45 शुक्रबार, माघ २८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।