शनिबार, साउन ३०, २०८३

हत्या आरोपमा दक्षिणकालीबाट जोगी पक्राउ

दक्षिणकाली मन्दिर नजिकै घाइते अवस्थामा भेटिएका एक व्यक्तिको उपचारका क्रममा मृत्यु भएपछि प्रहरीले एकजना जोगीलाई पक्राउ गरेको छ।
 |  शुक्रबार, माघ २८, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, माघ २८, २०७८

काठमाडौं– दक्षिणकाली मन्दिर नजिकै घाइते अवस्थामा भेटिएका एक व्यक्तिको उपचारका क्रममा मृत्यु भएपछि प्रहरीले एकजना जोगीलाई पक्राउ गरेको छ। प्रहरीले दक्षिणकाली मन्दिर परिसरमा बस्दै आएका शिव गिरी नामक ‘अघोरी’ लाई पक्राउ गरेको हो।

बिहीबार साँझ दक्षिणकालीबाट करिब ४५ वर्षका पुरुषको उद्धार गरिएको थियो। उपचारका क्रममा उनको शुक्रबार वीर अस्पतालमा मृत्यु भएपछि प्रहरीले जोगीलाई अनुसन्धानको दायरामा ल्याएको हो। दाउरा र बाँसले टाउकोमा हानेर गम्भीर घाइते अवस्थामा ती व्यक्ति भेटिएका थिए। मृतकको पहिचान खुलेको छैन।


प्रकाशित: Feb 11, 2022| 15:28 शुक्रबार, माघ २८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।