बिहीबार, असार ११, २०८३

छुट्टाछुट्टै स्थानबाट लागूऔषधसहित तीन जना पक्राउ

कोहलपुर नगरपालिका-५ रझेना बस्ने २२ वर्षीय सनिस केसीलाई ईलाका प्रहरी कार्यालय जमुनाहबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका केसीलाई जाँच गर्ने क्रममा उक्त लागूऔषधसहित पक्राउ गरेको हो।
 |  शुक्रबार, माघ २८, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, माघ २८, २०७८

काठमाडौं-  प्रहरीले नेपालगञ्ज, सुनसरी र वीरगञ्जबाट अवैध लागूऔषधसहित तीन जनालाई पक्राउ गरेको छ। नेपालगंज उपमहानगरपालिका-१५ जमुनाह चोकबाट करिब ३ ग्राम अवैध लागूऔषध ब्राउनसुगरसहित बिहीबार साँझ प्रहरीले पक्राउ गरेको हो।

National life

कोहलपुर नगरपालिका-५ रझेना बस्ने २२ वर्षीय सनिस केसीलाई ईलाका प्रहरी कार्यालय जमुनाहबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका केसीलाई जाँच गर्ने क्रममा उक्त लागूऔषधसहित पक्राउ गरेको हो।

यसैगरी,  सुनसरी, धरान उपमहानगरपालिका-१६ भीमसेन पथबाट करिब ३ ग्राम अवैध लागूऔषध ब्राउनसुगरसहित सोही ठाउँ डेरा गरी बस्ने २४ वर्षीय प्रविण भूजेललाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।संघीय प्रहरी ईकाइ कार्यालय धरान र ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो। 

यसैगरी,  वीरगंज महानगरपालिका-१६ रजयन्ती चौकबाट लागूऔषध नाईट्राभेट ५ सय ८३ टयाब्लेट सहित एक जनालाई पक्राउ गरेको छ।

धादिङ गजुरी गाउँपालिका-३ बस्ने २२ वर्षीय सूर्य ल्हो तामाङलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको हो। भारतबाट नेपालतर्फ आउँदै  गरेका उनलाई प्रहरीले जाँच गर्ने क्रममा उक्त लागूऔषधसहित पक्राउ गरेको हो। यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Shivam cement


प्रकाशित: Feb 11, 2022| 13:33 शुक्रबार, माघ २८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।