बुधबार, असोज १४, २०८३

पाँच दिनमा ७५.१८ अंकले घट्यो नेप्से

यो साता साता सेयर बजार मापक नेप्से परिसूचकमा ७५.१८ अंकले गिरावट आएको छ।
 |  शुक्रबार, माघ २८, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, माघ २८, २०७८

काठमाडौं– यो साता साता सेयर बजार मापक नेप्से परिसूचकमा ७५.१८ अंकले गिरावट आएको छ। 

अघिल्लो साता नेप्से परिसूचक १०६.८२ अंकले बढेर २.८७६.७४ विन्दुमा पुगेकोमा यो साता पाँच दिन कारोबार भएको नेप्से परिसूचक चार दिन बजार ओरालो लाग्दा एक दिन भने वृद्धि भएको छ। 

यो साताको पाँच दिनको कारोबारमा नेप्से परिसूचक ७५.१८ अंकले गिरावट आएर २८०१.५६ विन्दुमा पुगेको छ। अघिल्लो साता १०६.८२ अंकले बढेको नेप्से परिसूचक यो साता भने ७५.१८ अंकले गिरावट आएको छ।

साताको पहिलो कारोबारको दिन आइतबार नै नेप्से परिसूचकमा गिरावट आएको थियो। आइतबार नेप्से ४०.५७ अंक घटेर २.८३६.१७ विन्दुमा झरेको थियो। त्यस्तै, सेन्सेटिभ इण्डेक्स ७.७३ अंक घटेर ५३१.९२ विन्दुमा झरेको थियो भने फ्लोट इण्डेक्स २.८ अंक र सेन्सेटिभ इण्डेक्स २.४८ अंक घटेको थियो। आइतबार कारोबारमा आएका २२८ कम्पनीको १ करोड ६ लाख ५१ हजार कित्ता सेयर ५ अर्ब ८३ करोड ६४ लाख १४ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको थियो।

तर, आइतबार ४० अंक बढीले गिरावट आएको नेप्से परिसूचक सोमबार १५.६९ अंकले बढेर २ हजार ८५१.८६ विन्दुमा पुगेको थियो। सोमबार कारोबारमा आएका २२४ कम्पनीको ९५ लाख १२ हजार ५८० कित्ता सेयर ५ अर्ब २ करोड २० लाख १७ हजार १८१ रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको थियो।

सोमबार कारोबारको दिन १५.६९ अंक बढेर बन्द भएको नेप्से मंगलबार भने १६.३० अंक घटेर २ हजार ८३५.५८ विन्दुमा झरेको थियो। मंगलबार नेप्से परिसूचक ओरालो लागेपनि कारोबार रकम भने बढेको थियो। कारोबारमा आएका २३० कम्पनीको १ करोड २० लाख ५३ हजार कित्ता सेयर ६ अर्ब २८ करोड ७२ लाख रुपैयाँ बराबरको खरिदबिक्री भएको थियो।

मंगलबार १६.३० अंकले गिरावट आएको नेप्से परिसूचक बुधबार २२.११ अंक घटेर २ हजार ८१३.४७ विन्दुमा झरेको थियो। बुधबार कारोबारमा आएका २२३ कम्पनीको ६५ लाख २० हजार कित्ता सेयर ३ अर्ब ४७ करोड ११ लाख ९ हजार रुपैयाँको खरिदबिक्री भएको थियो।

साताको अन्तिम कारोबारको दिन बिहीबार नेप्से परिसूचक ११.९६ अंक घटेर २ हजार ८०१.५६ विन्दुमा झरेको छ। त्यस्तै, सेन्सेटिभ इण्डेक्स १.७ अंक घटेको छ भने फ्लोट इण्डेक्स १.१६ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.०७ अंकले घटेको छ। बिहीबार कारोबारमा आएका २२७ कम्पनीको ६९ लाख ५० हजार कित्ता सेयर ३ अर्ब ८२ करोड ९५ लाख रुपैयाँ बराबरको खरिदबिक्री भएको छ। बुधवारको तुलनामा नेप्से परिसूचकमा गिरावट आए पनि कारोबार रकममा भने सामान्य वृद्धि भएको छ। बुधबार ३ अर्ब ४७ करोड रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको थियो।

पछिल्लो एक सातामा नेप्से परिसूचकसँगै लगानीकर्ताको सम्पतिमा पनि गिरावट आएको छ। गत साता १ खर्ब ३६ अर्ब ७४ करोड रुपैयाँले वृद्धि भएकोे लगानीकर्ताको सम्पति यो साता भने १ खर्ब ५ अर्ब ७३ करोड रुपैयाँले गिरावट आएको छ। गत बिहीबार सेयर बजारमा रहेको लगानीकर्ताको सम्पत्ति मापक बजार पूँजीकरण कूल ४० खर्ब ६५ अर्ब ३७ करोड रुपैयाँ रहेको थियो। यो साता १ खर्ब ५ अर्ब ७३ करोड रुपैयाँले सम्पति घटेर ३९ खर्ब ५९ अर्ब ६४ करोड रुपैयाँमा पुगेको छ। 


प्रकाशित: Feb 11, 2022| 13:09 शुक्रबार, माघ २८, २०७८
प्रतिक्रिया दिनुहोस्