बिहीबार, असार ११, २०८३

पशुपालक किसान भन्छन् : 'खर्च बढ्यो तर आम्दानी घट्यो'

‘व्यवसाय छ भन्नू मात्रै भएको छ। फाइदाको नाममा अहिलेसम्म देखिएको केही छैन। बर्सेनि बैंकको ऋण थपिएकै छ,’ उनले भने, ‘केही व्यक्तिहरुलाई रोजगारी दिएका छौँ। उपलब्धि भनेको त्यहीँ भयो भन्ने लागेको छ।’
 |  शुक्रबार, माघ २८, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, माघ २८, २०७८

कैलाली- कैलालीको टीकापुर नगरपालिका-१ का चक्रबहादुर बटाला भैँसीपालन व्यवसाय गर्दै आएका छन्। उनी पछिल्लो समय व्यवसायबाट सोचेजस्तो नाफा कमाउन नसक्दा निकै चिन्तित भएका छन्। लाखौँ लगानी गरिसकेका उनलाई आफ्नै क्षेत्रमा केही गर्नुपर्छ भन्ने लागेरै पाँच बिघा जग्गा भाडामा लिएर व्यवसाय सुरु गरेका थिए। ‘व्यवसाय छ भन्नू मात्रै भएको छ। फाइदाको नाममा अहिलेसम्म देखिएको केही छैन। बर्सेनि बैंकको ऋण थपिएकै छ,’ उनले भने, ‘केही व्यक्तिहरुलाई रोजगारी दिएका छौँ। उपलब्धि भनेको त्यहीँ भयो भन्ने लागेको छ।’ 

National life

पछिल्लो समय पशुपालक किसान पशुलाई चाहिने आहारको जोहोमा बढी खर्च हुने र आम्दानी कम हुन थालेपछि निराश हुन थालेका छन्। यस वर्ष अत्यधिक वर्षाका कारण  पशुका लागि परालको जोहो गर्न किसानलाई  निकै समस्या भएको छ। विगतका वर्षमा दुई हजार ५०० मा पाउने परालको यस वर्ष तीन हजार पाँच सय परेको उनीहरु बताउँछन्। पशुका लागि चाहिने पराल, बरन, भुस्सालगायत बजारको दानाको मूल्य अत्यधिक बढे पनि आफूले उत्पादन गरेको दूधको बजार मूल्यले लागत उठाउन पनि निकै मुस्किल परेको उनीहरूको गुनासो छ।

भजनी नगरपालिका-१ का दुर्गाप्रसाद जैसी भजनीमै लामो समयसम्म भैँसीपालन व्यवसाय गरेर अहिले टीकापुरमा त्यहीँ व्यवसायलाई निरन्तरता दिँदै आएका छन्। टीकापुर बहुमुखी क्याम्पसको जग्गा भाडामा लिएर पशुपालन व्यवसाय गर्दै आएका उनको परिवार नै त्यहीँ व्यवसायमा छ। उनले बजारमा उपभोग्य वस्तुका साथै सबै सामग्रीहरुको मूल्यमा वृद्धि भएको जनाउँदै किसानहरूले उत्पादन गरेको दूध तथा दुग्धजन्य पदार्थको मूल्य किसानको हितमा नहुँदा कैयौँ किसान विस्थापितको अवस्थामा पुगेको बताए। ‘हाम्रो व्यवसाय, जागिर जे भने पनि सबै कृषि नै हो। परिवारका सबै त्यसैमा लाग्दा पनि कामको भार कम हुँदैन तर अन्तिममा आम्दानी हेर्दा अहिले नै व्यवसाय छोडौँ जस्तो लाग्छ,’ उनले भने, ‘एउटा भैँसीलाई हुने  दैनिक खर्चको लागत हेरेर दूधको मूल्य निर्धारण गर्न सकेपछि मात्रै किसान व्यावसायिक बन्न सक्छ। होइन भने हामी अनि केही वर्षमा विस्थापितको अवस्थामा पुग्ने निश्चित भइसकेको छ।’

 ‘कहिलेकाहीँ त लाग्छ, कुन दिनमा यो व्यवसायमा लागेछु। अहिले आफूसँग भएको सबै व्यवसाय बिक्री गरे पनि बैंकको ऋण तिर्न सक्ने अवस्था छैन।’

लामो समयदेखि भैँसीपालन व्यवसाय गर्दै आएका टीकापुरका ललित थापाले पशुको आहाराको अभाव हुन थालेपछि पशुहरु घटाएका छन्। पशुका लागि चाहिने आहाराको मूल्य बढ्दै गएपछि थेग्न मुस्किल भएको जनाउँदै उनले भोकभोकै भैँसीहरुलाई मार्नुभन्दा सस्तोमै भए पनि बिक्री गर्न उचित ठानेर घटाएको बताए। ‘मैले व्यवसाय गर्दा मसँग एक रुपैयाँ पनि ऋण थिएन। यो १०/१२ वर्षको अवधिमा व्यवसाय गर्दै जाँदा ५८ लाख बैंकको ऋण पुगेको छ,’ उनले भने, ‘कहिलेकाहीँ त लाग्छ, कुन दिनमा यो व्यवसायमा लागेछु। अहिले आफूसँग भएको सबै व्यवसाय बिक्री गरे पनि बैंकको ऋण तिर्न सक्ने अवस्था छैन।’

उनले अहिलेको अवस्थामा दूधको मूल्य वृद्धि भए पनि त्यसले दूध उत्पादक किसानहरूलाई फाइदामा ल्याउन सक्ने कुनै आधार नै नरहेको बताएका छन्। उनले गाईभैँसीलाई चाहिने घाँस र दानामा बढेको मूल्यलाई कम गर्न सक्यो भने मात्रै व्यवसायी टिक्ने आधार रहने बताए। ‘दूधको मूल्य बढाएर मात्रै किसानको समस्या समाधान हुने अवस्था छैन। त्यसले उपभोक्तालाई समेत असर पर्ने निश्चित छ,’ उनले भने, ‘बरु स्थानीय सरकारले समन्वय गरेर गाईभैँसीलाई चाहिने पराल, धाना, भुस्सालगातय सामानहरुको मूल्य घटाएर उपलब्ध गराउन सके हामी प्रतिलिटर ५० रुपैयाँमै दूध उपलब्ध गराउन सक्छौँ।’

Shivam cement

पछिल्लो समयमा सरकारले दूधको मूल्य वृद्धि गर्ने निर्णय गरेसँगै टीकापुर नगरपालिकाको समन्वयमा दूध तथा दुग्धजन्य पदार्थको मूल्य निर्धारणका लागि तयारी गरेपछि किसानहरूले यस्तो गुनासो राखेका हुन्। बजारीकरणको अभावका कारण पनि कैयौँ किसानहरू विस्थापितको अवस्थामा पुगेको जनाउँदै यस्तै अवस्था रहे पशुपालक किसानहरू पलायन हुने गुनासो गर्दै आएका छन्।  टीकापुर नगरप्रमुख तपेन्द्रबहादुर रावलले किसानहरूलाई संगठित भएर साझा योजनाको साथ आउन आग्रह गर्दै नगरपालिका र किसानहरुको साझेदारीमा कृषि क्षेत्रमा लगानी गर्न सकिने जानकारी दिए।   रासस

प्रकाशित: Feb 11, 2022| 12:58 शुक्रबार, माघ २८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।