शनिबार, साउन ३०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • हराएको मूर्ति बोरामा भेटिएपछि बाजागाजासहित मन्दिरमा भित्र्याइयो

हराएको मूर्ति बोरामा भेटिएपछि बाजागाजासहित मन्दिरमा भित्र्याइयो

ललितपुरको सुनाकोठीबाट चोरी भएको बालकुमारीको मूर्ति भेटिएपछि बाजागाजासहित मन्दिरमा भित्र्याइएको छ।
 |  शुक्रबार, माघ २८, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, माघ २८, २०७८

काठमाडौं– ललितपुरको सुनाकोठीबाट चोरी भएको बालकुमारीको मूर्ति भेटिएपछि बाजागाजासहित मन्दिरमा भित्र्याइएको छ।

उक्त मूर्ति बोरामा फालिएको अवस्थामा फेला परेको थियो। प्रहरीले मूर्ति भेटाएपछि गुठीका अध्यक्ष नन्दबहादुर महर्जनलाई हस्तान्तरण गरेको थियो।

आज बिहान ललितपुर महानगरपालिका १५ हात्तीवन गैरीगाउँको करुणा मन्दिर बाहिर पेटीमा मूर्ति भेटिएको हो। माघ ९ गते ललितपुर महानगरपालिका २७ सुनाकोठीस्थित बालकुमारी मन्दिरबाट मूर्ति चोरी भएको थियो। 

उक्त मूर्ति पित्तलबाट बनाइएको दुई फिट अग्लो र डेढ फिट चौडाइको छ।
प्रकाशित: Feb 11, 2022| 12:46 शुक्रबार, माघ २८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।