काठमाडौं– ललितपुरको सुनाकोठीबाट चोरी भएको बालकुमारीको मूर्ति भेटिएपछि बाजागाजासहित मन्दिरमा भित्र्याइएको छ।
उक्त मूर्ति बोरामा फालिएको अवस्थामा फेला परेको थियो। प्रहरीले मूर्ति भेटाएपछि गुठीका अध्यक्ष नन्दबहादुर महर्जनलाई हस्तान्तरण गरेको थियो।
आज बिहान ललितपुर महानगरपालिका १५ हात्तीवन गैरीगाउँको करुणा मन्दिर बाहिर पेटीमा मूर्ति भेटिएको हो। माघ ९ गते ललितपुर महानगरपालिका २७ सुनाकोठीस्थित बालकुमारी मन्दिरबाट मूर्ति चोरी भएको थियो।