बुधबार, असोज १४, २०८३

सुनको मूल्य बढ्यो

नेपाली बजारमा आज सुनको मूल्य तोलामा एक सय रुपैयाँ बढेको छ।
 |  शुक्रबार, माघ २८, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, माघ २८, २०७८

काठमाडौं- नेपाली बजारमा आज सुनको मूल्य तोलामा एक सय रुपैयाँ बढेको छ। 

बिहीबार प्रतितोला ९३ हजार ९०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज शुक्रबार प्रतितोला ९४ हजार रुपैयाँमा कारोबार हुने सुनचाँदी व्यवसाय महासंघले जनाएको छ।

हिजो प्रतितोला ५०० ले बढेको सुनको मूल्य आज तोलामा एक सय रुपैयाँले बढेको हो। महासंघका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९३ हजार ५०० रुपैयाँ रहेको छ। 

यस्तै चाँदीको मूल्य भने स्थिर रहेको छ। हिजो विहिबार प्रतितोला १ हजार २८० रुपैयाँमा कारोबार भएको चाँदी आज पनि सोही मूल्यकमा कारोबार हुने महासंघले जनाएको छ। 

प्रकाशित: Feb 11, 2022| 11:41 शुक्रबार, माघ २८, २०७८
प्रतिक्रिया दिनुहोस्