बिहीबार, असार ११, २०८३

शौचालयको खाडलमा डुबेर बालकको मृत्यु

विद्यालय परिसरमा खुलै छाडिएको खाडमा डुबेर स्थानीय सन्तोषकुमार दासका ३ वर्षीय छोरा खेम दासको मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले दिए।
 |  शुक्रबार, माघ २८, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, माघ २८, २०७८

विराटनगर- मोरङको सुनवर्षी नगरपालिका-९ को वीपी आधारभूत विद्यालयको शौचालयको खाडलमा डुबेर बिहीबार साँझ एक बालकको मृत्यु भएको छ। 

National life

विद्यालय परिसरमा खुलै छाडिएको खाडमा डुबेर स्थानीय  सन्तोषकुमार दासका ३ वर्षीय छोरा खेम दासको मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले दिए। उनका अनुसार बालकका अभिभावक विद्यालयभन्दा बाहिर चिया पसल गर्थे। 

रिङ लगाएर बनाइएको शौचालयको खाडल भने ढकन नलगाइकन खुलै छाडिएको पाइएको छ। शौच गर्न आमा जमुनादेवी दास विद्यालयको शौचालयतिर गएको देखेपछि ३ बर्से नाबालक पनि पछिपछि गएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। आमा शौचालयमा पसेका बेला बालक भने पाँच फिटभन्दा गहिरो हजमा खसेर डुबेको डिएसपी श्रेष्ठले बताए। 

उनका अनुसार बालकले लगाएको एउटा चप्पल शौचालयको हजभित्र र अर्को बाहिर फेला परेको थियो। हजभित्र डुबेको आशंकामा खोजी गर्दा डुबेर घाइते भएको अवस्थामा बालकलाई फेला पारिएको प्रहरीले जनाएको छ। 

बालकको उपचारका क्रममा साँझ ७ बजेतिर रंगेली अस्पतालमा मृत्यु भएको डिएसपी श्रेष्ठले बताए। गत असारमा मात्रै ढकन बनाएर दुवै शौचालयको खाडल छोपिएको थियो। तर केही बदमासहरुले साउनमै महिला शौचालयको हजको ढकन भने फुटाएर फ्यालिदिएको विद्यालयका प्रधानाध्यापक सञ्जीव राजवंशीले बताए। वडाध्यक्ष कमलकिशोर सिंहले ६ महिनासम्म शौचालयको हज व्यवस्थित नगर्नु विद्यालयको लापरबाही भएको बताए।

Shivam cement

प्रकाशित: Feb 11, 2022| 11:30 शुक्रबार, माघ २८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।