शनिबार, साउन ३०, २०८३

डोटीका २७ हजार विद्यार्थीले पाए मोडर्ना खोप

यसभन्दा पहिले पहिलो मात्राको खोप लगाइसकेका १२ देखि १७ वर्ष उमेर समूहका विद्यार्थीलाई उक्त दोस्रो मात्रा दिइएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ।
 |  शुक्रबार, माघ २८, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, माघ २८, २०७८

डोटी- जिल्लामा रहेका २७ हजार ३०० विद्यार्थीलाई कोरोनाविरुद्धको मोडर्ना खोपको दोस्रो मात्रा लगाइएको छ। यसभन्दा पहिले पहिलो मात्राको खोप लगाइसकेका १२ देखि १७ वर्ष उमेर समूहका विद्यार्थीलाई उक्त दोस्रो मात्रा दिइएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ।

जिल्लामा गत पुस ८ देखि १३ गतेसम्म मोडर्ना खोपको पहिलो मात्रा दिइएको थियो। यहाँका नौ वटै स्थानीय तहले विद्यालयमै खोप अभियान सञ्चालन गरी दोस्रो चरणको मोडर्ना खोप लगाइएको जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी महेश बोहराले जानकारी दिएका छन्।

उनका अनुसार हालसम्म एकपटक पनि खोप नलगाएका बालबालिकालाई पनि खोप लगाइएको छ। जिल्ला स्वास्थ्य कार्यालयका अनुसार जिल्लाका नौवटै स्थानीय तहका २७ हजार ३०० बालबालिकालाई सो खोपको पहिलो मात्रा लगाइएको थियो। यहाँका विद्यालय, स्वास्थ्यचौकी र आधारभूत स्वास्थ्य केन्द्रमार्फत खोप लगाइएको जोरायल गाउँपालिका स्वास्थ्य प्रमुख गोविन्द विष्टले जानकारी दिए।  रासस

प्रकाशित: Feb 11, 2022| 10:31 शुक्रबार, माघ २८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।