बिहीबार, असार ११, २०८३

कस्तो रहला आजको मौसम?

हाल देशमा पश्चिमी वायूको सामान्य प्रभाव रहेको छ। जसले गर्दा देशको पहाडी भूभागमा आंशिक बदली रहेको छ। र, तराइका थोरै भूभागमा हुस्सु/कुहिरो लागेको छ।
 |  शुक्रबार, माघ २८, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, माघ २८, २०७८

काठमाडौं- हाल देशमा पश्चिमी वायूको सामान्य प्रभाव रहेको छ। जसले गर्दा देशको पहाडी भूभागमा आंशिक बदली रहेको छ। र, तराइका थोरै भूभागमा हुस्सु/कुहिरो लागेको छ। 

National life

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो प्रदेश नम्बर १, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागको मौसम आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ। 

प्रदेश नम्बर १, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानमा हल्का वर्षा हुने पूर्वानुमान गरिएको छ। उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपात हुने सम्भावना रहेको महाशाखाले जनाएको छ। 

राति प्रदेश नम्बर १ को पहाडी भूभागका एक दुई स्थानमा हल्का वर्षाको र उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपात हुने पूर्वानुमान गरिएको छ।

प्रकाशित: Feb 11, 2022| 08:46 शुक्रबार, माघ २८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।