बिहीबार, असार ११, २०८३
  • गृहपृष्ठ
  • समाज
  • दाङको जुत्ता-चप्पल गोदाममा आगलागी हुँदा पाँच जनाको मृत्यु

दाङको जुत्ता-चप्पल गोदाममा आगलागी हुँदा पाँच जनाको मृत्यु

दाङको तुलसीपुरस्थित इरम फुटवेयर जुत्ता चप्पल पसलमा आगलागी हुँदा पाँच जनाको ज्यान गएको छ।
 |  शुक्रबार, माघ २८, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, माघ २८, २०७८

दाङ- दाङको तुलसीपुरस्थित इरम फुटवेयर जुत्ता चप्पल पसलमा आगलागी हुँदा पाँच जनाको ज्यान गएको छ। तुलसीपुर उपमहानगरपालिका-५ ‘ङ’ लाइनस्थित उक्त जुत्ता-चप्पल पसलमा राति करिब पौने दुई बजेतिर आगलागी भएको प्रहरीले जनाएको छ।

National life

इरम फुटवेयर चप्पल गोदाम रहेको चार तले घरमा मध्यराती आलगागी भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डीएसपी श्यामु अर्यालले बताए। आगो नियन्त्रणमा लिन तुलसीपुर उपमहागनरपालिकाको दमकल, घोराही उपमहानगरपालिकाको दमकल, जनपथ प्रहरी, सशस्त्र प्रहरी, नेपाल आर्मी, स्थानीयबासीले प्रयास गरेका थिए। 

घरभित्रबाट चार पुरुष र एक बालिकाको शव निकालिएको डीएसपी अर्यालले बताए। उनले शव पोस्टमार्टमका लागि अस्पताल पठाइएको बताएका छन्।

प्रहरीले करिब पाँच घण्डाको प्रयासपछि आगो पूर्ण नियन्त्रणमा लिन सकिएको बताएको छ। विद्युत सर्ट भएर आगलागी भएको हुनसक्ने डीएसी अर्यालले जानकारी दिए। आगलागीमा ज्यान गुमाएकाहरूको भने पहिचना खुल्न नसकेको प्रहरीले जनाएको छ।

प्रकाशित: Feb 11, 2022| 08:14 शुक्रबार, माघ २८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।