तुलसीपुर- दाङको तुलसीपुरस्थित इरम फुटवेयर जुत्ता चप्पल पसलमा आगलागी भएको छ। राति करिब पौने दुई बजेतिर आगलागी भएको हो।
आगो नियन्त्रणमा लिन तुलसीपुर उपमहागनरपालिकाको दमकल, घोराही उपमहानगरपालिकाको दमकल, जनपथ प्रहरी, सशस्त्र प्रहरी, नेपाल आर्मी, स्थानीयबासीले प्रयास गरेका थिए। आगो अझै पूर्ण नियन्त्रणमा आउन सकेको छैन।
विद्युत सर्ट भएर आगलागी भएको हुनसक्ने इलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसी श्यामु अर्यालले जानकारी दिए। आगलागी भएको घरभित्र केहि मान्छे फसेको आशंका गरिएको छ।