बुधबार, असोज १४, २०८३

आजको विदेशी मुद्राको विनिमय दर यस्तो छ

नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दर यस प्रकार छ- राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम ११९ रुपैयाँ ६१ पैसा र बिक्री दर १२० रुपैयाँ २१ पैसा कायम गरेको छ।
 |  शुक्रबार, माघ २८, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, माघ २८, २०७८

काठमाडौं- नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दर यस प्रकार छ- राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम ११९ रुपैयाँ ६१ पैसा र बिक्री दर १२० रुपैयाँ २१ पैसा कायम गरेको छ। 

युरो एकको खरिद दर १३६ रुपैयाँ ८२ पैसा र बिक्री दर १३७ रुपैयाँ ०५ पैसा  कायम गरिएको छ। पाउन्ड स्टर्लिङ एकको खरिद दर १६२ रुपैयाँ ३५ पैसा र बिक्री दर १६३ रुपैयाँ १७ पैसा छ। यस्तै, स्विस फ्रेङ्क एकको खरिद दर १२९ रुपैयाँ ४८ पैसा र बिक्री दर १३० रुपैयाँ १३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

अस्ट्रेलियन डलर एकको खरिद दर ८६ रुपैयाँ ०४ पैसा र बिक्री दर ८६ रुपैयाँ ४७ पैसा तोकिएको छ। क्यानेडियन डलर एकको खरिद दर ९४ रुपैयाँ ३७ पैसा रहेको छ भने बिक्री दर ९४ रुपैयाँ ८५ पैसा छ। 

जापानी येन १० को खरिद दर १० रुपैयाँ ३३ पैसा र बिक्री दर १० रुपैयाँ ३८ पैसा रहेको छ भने चिनियाँ यूआन एकको खरिद दर १८ रुपैयाँ ८१ पैसा र बिक्री दर १८ रुपैयाँ ९१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

यस्तै, साउदी अरबियन रियाल एकको खरिर दर ३१ रुपैयाँ ८८ पैसा र बिक्री दर ३२ रुपैयाँ ०४ पैसा रहेको छ भने कतारी रियाल एकको खरिद दर ३२ रुपैयाँ ६५ पैसा र बिक्री दर ३२ रुपैयाँ ८२ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचनाामा उल्लेख छ। 

मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ५९ पैसा छ भने बिक्री दर २८ रुपैयाँ ७३ पैसा रहेको छ। यसैगरी कोरियन वन १०० को खरिद दर १० रुपैयाँ र बिक्री दर १० रुपैयाँ ०५ पैसा कायम गरिएको राष्ट्र बैंकले जनाएको छ। - यस्तो छ आजको विनिमय दर

प्रकाशित: Feb 11, 2022| 07:00 शुक्रबार, माघ २८, २०७८
प्रतिक्रिया दिनुहोस्