काठमाडौं- नेपाल प्रज्ञा प्रतिष्ठानले प्रजातन्त्र दिवस-२०७८ को अवसरमा आयोजना हुने कविता तथा निबन्ध प्रतियोगितामा आफ्ना रचना पठाउन आग्रधह गरेको छ। प्रतिष्ठानले सूचना जारी गर्दै आफ्ना कविता र निबन्ध फागुन ४ गतेभित्रमा पठाइसक्न आग्रह गरेको हो।
कविता र निबन्धको भाव लोकतान्त्रिक चेतना प्रतिबिम्बन हुने प्रकृतिको हुनपर्ने सूचनामा उल्लेख छ। कविता भए बढीमा १५० शब्दमा आफ्ना भावना समेट्नुपर्नेछ भने निबन्ध भए २ हजार शब्दको सीमा तोकिएको छ।
कुनै पनि माध्यममा प्रकाशित रचनालाई मान्यता नदिइने प्रतियोगितामा सहभागी हुन ईच्छुक उम्मेदवारले रचनाका साथमा पासपोर्ट साइजको फोटो, ठेगानासहित सम्पर्क नम्बर पनि समावेश गर्नुपर्नेछ।
प्रतियोगिताका दुवै विधामा प्रथम हुनेलाई ५० हजार पुरस्कार दिइनेछ भने द्वितीय र तृतीय हुनेले क्रमशः ४० हजार र ३० हजार नगद प्रमाणपत्रसहित पाउनेछन्। कविता पठाउने इमेल ठेगाना तलको तस्बिरको अन्तमा उल्लेख छ।