काठमाडौं- प्रधानसेनापति प्रभुराम शर्माले नेपाली सेनाले निर्माण गरिरहेको तिंकर सडकको निरीक्षण गरेका छन्।
सुदूरपश्चिमको भ्रमणमा आएका प्रधानसेनापति शर्माले आज सो सडकको हेलिकोप्टरमार्फत् तिंकर सडकको निरीक्षण गरेका हुन्।
प्रधानसेनापति शर्माले तिंकर सडकको हवाई निरीक्षण गरेको दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले जानकारी दिए।
व्यास गाउँपालिकाको तुसर पानीदेखि कोठेधारसम्म चार किलोमिटर र कोठे धारदेखि तिंकरसम्मको ८७ किलोमिटर सडकखण्डको जिम्मा सेनालाई दिइएको छ।