बुधबार, असोज १४, २०८३

एमसीसीबारे 'मुख खोले' अर्थमन्त्री शर्माले

अमेरिकी अनुदान एमसीसीका विषयमा लामो समयदेखि मौन रहँदै आएका अर्थमन्त्री जनार्दन शर्माले अन्ततः मुख खोलेका छन्। एमसीसी परियोजनाको सम्बन्धमा सरकारले राष्ट्रिय सहमति खोज्ने प्रयास गरिरहेको उनको भनाइ छ।
 |  बिहीबार, माघ २७, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, माघ २७, २०७८

काठमाडौं- अमेरिकी अनुदान एमसीसीका विषयमा लामो समयदेखि मौन रहँदै आएका अर्थमन्त्री जनार्दन शर्माले अन्ततः मुख खोलेका छन्। एमसीसी परियोजनाको सम्बन्धमा सरकारले राष्ट्रिय सहमति खोज्ने प्रयास गरिरहेको उनको भनाइ छ। 

बिहीबार अर्थ मन्त्रालयमा आयोजित चालु आर्थिक वर्षको बजेटको अर्धवार्षिक समीक्षा मूल्यांकन प्रतिवेदन सार्वजनिक कार्यक्रममा बोल्दै अर्थमन्त्री शर्माले एमसीसी मुख खोलेका हुन्। राजनीतिक दलहरुका बिचमा राष्ट्रिय सहमति खोज्ने प्रयास भइरहेको बताएका उनले प्रधानमन्त्री शेरबहादुर देउवाले सहमति निर्माण गर्नका लागि प्रयासरत भएको उल्लेख गरे। 

‘एमसीसीको कुरा एउटा परियोजनाको हिसाबले ऊर्जा क्षेत्रमा, सडक क्षेत्रमा कार्यान्वयन गर्ने भन्ने यहाँहरुलाई थाहा छँदैछ। तर यो मुद्दा अलि राजनीतिकृत भएर राजनीतिक पार्टीहरुको बिचमा छलफल भइराखेको छ,' उनले भने, 'एउटा निष्कर्षतिर लैजानुपर्छ भनेर राजनीतिक पार्टीहरुको बीचमा, दलहरुको बीचमा राष्ट्रिय सहमति निर्माण गर्ने कुरातिर नै अगाडि बढिरहेको भएको हुनाले सरकारले गरिरहेको प्रयास, प्रधानमन्त्रीज्यूले गरिरहेको प्रयास नै त्यतातिर गइरहेको हुनाले त्यो प्रयास बाट एउटा निष्कर्ष निस्किन्छ भन्ने एउटा विश्वासमा म छु।’

उनले एमसीसी परियोजनामा राष्ट्रिय सहमति खोज्न गरेको प्रधानमन्त्रीको प्रयासले निष्कर्ष निस्किनेमा विश्वास व्यक्त गरे।

प्रकाशित: Feb 10, 2022| 18:50 बिहीबार, माघ २७, २०७८
प्रतिक्रिया दिनुहोस्