आइतबार, फागुन १७, २०८२

जनकपुरमा बच्चा चोरीमा संलग्न गिरोह समातियो

जनकपुरधाममा बच्चा चोरीमा संलग्न रहेको आरोपमा प्रहरीले एक गिरोहलाई नियन्त्रणमा लिएको छ।
 |  बिहीबार, माघ २७, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, माघ २७, २०७८

जनकपुरधाम– जनकपुरधाममा बच्चा चोरीमा संलग्न रहेको आरोपमा प्रहरीले एक गिरोहलाई नियन्त्रणमा लिएको छ। ७ महिने एक नाबालक चोरी गरेर भाग्दै गर्दा प्रहरीले सो गिरोहलाई नियन्त्रणमा लिएको हो। 

बच्चा चोरी गरेर भागेकी दुई महिलासहित तीन जनालाई प्रहरीले पक्राउ गरी पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको हो। पक्राउ पर्नेहरुमा धनुषाको गणेशमान चारनाथ नगरपालिका वडा नम्बर–१० की ३५ वर्षीया मनिषा देवी मुखिया, औरही गाउँपालिका वडा नम्बर–१ पौडेश्वर घर भई हाल जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–८मा बस्दै आएकी २० वर्षीया किरण राम र महोत्तरीको लोहारपट्टी नगरपालिका वडा नम्बर–४ घर भई हाल जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–७ बस्ने २२ वर्षीय कृष्ण कुमार यादव छन्।

बुधबार साँझ करिब ६ बजे जनकपुरधाम उपमहानगरपालिका–६ स्थित महाराज सागर पोखरी छेउबाट मोहम्द अमिर राइनका ७ महिने शिशु अख्तर राइनलाई मनिषाले लिएर भागेकी थिइन्। प्रहरीका अनुसार अमिरकी ६ वर्षीया छोरी एलिजा खातुन भाइसँग खेलिरहेको बेला रातो साडी लगाएर आएकी मनिषाले एलिजालाई ५० रुपैयाँ दिएर कुरकुरे किन्न पठाई शिशुलाई लिएर फरार भएकी थिइन्।

जिल्ला प्रहरी कार्यालय धनुषाबाट प्रहरी निरीक्षक विक्रम साहको नेतृत्वमा खटेको टोलीले खोजतलास गर्दै जाँदा सोधपुछ तथा अनुसन्धानबाट बिहीबार बिहान साढे ८ बजे जनकपुरधाम–१९ बेंगा शिवपुर पिपराढीस्थित सञ्चालनमा रहेको हाँस तथा भैंसी फार्मको पछाडि खेतमा भाग्दै गरेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको धनुषाका प्रहरी उपरीक्षक बसन्त रजौरले जानकारी दिए। 

घटनाको समयमा मनिषासँगै रहेको आफ्नो बच्चा भनिएकी २ वर्षीय नन्दनी मुखियालाई अर्को पक्राउ परेकी महिला किरण रामसँगै पठाएर ७ महिने शिशुलाई लिएर भागेको प्रहरी उपरीक्षक रजौरेले बताए। पक्राउ परेका कृष्ण कुमारले मनिषासँग १३ हजार रुपैयाँ लिई बच्चा उपलब्ध गराउने सर्त राखेको कुरा अनुसन्धानमा खुलेको उनले जानकारी दिए। प्रहरी उपरीक्षक रजौरेका अनुसार छोरा पाउने इच्छाका कारण मनिषाले बच्चाको अपहरण गरेको पाइएको छ। 

kumari

पक्राउ परेकाहरुमाथि अपहरण सम्बन्धी मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान सुरु गरिएको धनुषा प्रहरीले जनाएको छ।

प्रकाशित: Feb 10, 2022| 17:11 बिहीबार, माघ २७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।