बुधबार, असोज १४, २०८३

सेयर बजार परिसूचक आज पनि घट्यो

साताको अन्तिम कारोबार दिन बिहीबार पनि सेयर बजार परिसूचक (नेप्से) घटेको छ।
 |  बिहीबार, माघ २७, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, माघ २७, २०७८

काठमाडौं– साताको अन्तिम कारोबार दिन बिहीबार पनि सेयर बजार परिसूचक (नेप्से) घटेको छ।

आज नेप्से ११.९६ अंकले घटेर २८०१.५६ अडिएको छ। दिनभर ३ अर्ब ८२ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ।

आज बजारमा २२७ कम्पनीको ६९ लाख ५० हजारभन्दा बढी कित्ता सेयर कारोबार भएको छ। १३ मध्ये ३ वटा उपसमूहको सूचक वृद्धि भएको छ। खरिदबिक्री रकममा २५ करोड ४८ लाख रुपैयाँभन्दा बढीसहित नेपाल टेलिकम अग्रस्थानमा रहेको छ। यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः नेसनल हाइड्रोपावर र आइएई जनरल इन्सुरेन्स परेका छन्। 

हिजो बजार २२.११ अंकले घटेको थियो भने ३ अर्ब ४७ करोडको कारोबार भएको थियो।

प्रकाशित: Feb 10, 2022| 15:28 बिहीबार, माघ २७, २०७८
प्रतिक्रिया दिनुहोस्