बुधबार, असार ३१, २०८३

शिक्षण अस्पतालका निर्देशकले दिए राजीनामा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौँ- त्रिवि शिक्षण अस्पतालका निर्देशक प्रा डा दीपक महराले पदबाट राजीनामा दिएका छन्। डा. महराले शुक्रबार चिकित्साशास्त्र अध्ययन संस्थानका डिन कार्यालयमा राजीनामा बुझाएको हुन्।

‘मेरो राजीनामालाई डा.केसी आदिको आन्दोलनसँग जोड्ने प्रयास गरिँदैछ, तर यो नितान्त पारिवारिक कारण हो, जो मेरा सहकर्मीहरु समेत बुझ्छन्’, डा.महराले आफ्नो कार्यकालमा ९ पटकसम्म डा.केसीको अनशनलाई सफल रुपमा प्रबन्ध गरिएको जनाए।

उनले आफ्नो कार्यकालमा अस्पतालको व्यापक विकास र आर्थिक समृद्धि भएको दाबी समेत गरे। प्रा.डा. महराको ४ वर्षे कार्यकाल करिब ५ साताअघि नै सकिए पनि त्रिवि कार्यकारी परिषद्ले अर्को व्यवस्था नभएसम्मको लागि भन्दै ३ महिना कार्यकाल थपेको थियो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।