बुधबार, असोज १४, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • क्यासिनोको ३८ करोड नतिरेपछि नेपालगञ्जको ड्रिमल्याण्ड होटल बन्द

क्यासिनोको ३८ करोड नतिरेपछि नेपालगञ्जको ड्रिमल्याण्ड होटल बन्द

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले मिनी क्यासिनो सञ्चालनवापतको ३८ करोडभन्दा बढी रोयल्टी नतिर्ने नेपालगञ्जको ड्रिमल्याण्ड होटल बन्द गराएको छ।
 |  बिहीबार, माघ २७, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, माघ २७, २०७८

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले मिनी क्यासिनो सञ्चालनवापतको ३८ करोडभन्दा बढी रोयल्टी नतिर्ने नेपालगञ्जको ड्रिमल्याण्ड होटल बन्द गराएको छ। मिनी क्यासिनो सञ्चालन गरी सरकारलाई उक्त होटलले ३८ करोड १० लाख ४५ हजार ६६४ रोयल्टी तिर्नुपर्ने देखिएको छ।

सरकारलाई तिर्नुपर्ने रोयल्टी बुझाउन पटक–पटक पत्राचार गरे पनि उक्त होटलले नतिरेका कारण संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको निर्देशनमा होटल तथा क्यासिनो बन्द गराइएको हो। २०६७ भदौ २० गते मिनी क्यासिनो (मेसिन वा उपकरणबाट खेलाइने खेल)को अनुमति लिएको ह्याप्पी आवरले ड्रिमल्याण्डमा मिनी क्यासिनो सञ्चालन गर्दै आएको थियो।

आर्थिक वर्ष २०७६–०७७ सम्मको बक्यौता, आर्थिक वर्ष २०७७–०७८ सम्मको इजाजतपत्र नवीकरण दस्तुर र चालु आर्थिक वर्षको रोयल्टी गरी ३८ करोड १० लाख ४५ हजार ६६४ नबुझाएपछि होटल बन्द गर्नाका साथै मिनी क्यासिनोको लाइसेन्स नै रद्द गरिएको मन्त्री आलेले जानकारी दिए। ड्रिमल्याण्ड होटल र आधुनिक मेसिन वा उपकरणबाट खेलाइने खेल बन्द गराउन प्रहरी प्रधान कार्यालयलाई पत्राचार गरिएको पर्यटन विभाग होटल शाखाले जनाएको छ।

–रासस

प्रकाशित: Feb 10, 2022| 13:48 बिहीबार, माघ २७, २०७८
प्रतिक्रिया दिनुहोस्