शनिबार, साउन ३०, २०८३

रसुवागढीबाट आयात हुन थाल्यो

चिनियाँ भूभागका सडकमा बाक्लो हिउँ जमेका कारण केरुङबाट रसुवागढीतर्फ आउने कन्टेनर उतै रोकिएका थिए। हिउँ पग्ल्लिएसँगै बुधबार नौ वटा टेलरमार्फत सामान आयात भएको हो।
 |  बिहीबार, माघ २७, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, माघ २७, २०७८

रसुवा- हिमपातका कारण ठप्प भएको रसुवागढी नाकाबाट आयात पुनःसञ्चालन भएको छ। चिनियाँ नयाँ वर्षका अवसरमा सोमबार र मंगलबार बन्द भएर बुधबार मात्रै खुला भएको नाका गत शुक्रबार र शनिबार हिमपातका कारण फेरि अवरुद्ध भएको थियो।

चिनियाँ भूभागका सडकमा बाक्लो हिउँ जमेका कारण केरुङबाट रसुवागढीतर्फ आउने कन्टेनर उतै रोकिएका थिए। हिउँ पग्ल्लिएसँगै बुधबार नौ वटा टेलरमार्फत सामान आयात भएको हो।

हिमपातका कारण चिनियाँ सवारी साधन गुड्न नसक्दा रोकिएका सामग्री रसुवागढी नाकामा आउन थालेको रसुवा भन्सार कार्यालयले जनाएको छ। रसुवागढी मितेरी पुलमा तैनाथ सुरक्षाकर्मीका अनुसार बुधबार नौ वटा चिनियाँ टेलरमार्फत आएका सामग्री नेपाली सवारी साधनमा पल्टिभई परीक्षणका लागि भन्सार हातामा पठाई सकिएको छ।

आयातकर्ता व्यवसायीले परिमाण घोषणा गर्नासाथ परीक्षण कार्य छिटोछरितो अगाडि बढाउन आफ्ना जाँचकी तयार रहेको भन्सार अधिकारीले जनाएका छन्। बुधबार आयात भएको सामग्रीमा नेपालमा सञ्चालित जलविद्युत् आयोजनाको उपकरणलगायत विभिन्न सामग्री रहेको सुरक्षाकर्मीले बताएका छन्।

आयात भएका चिनियाँ सामग्री रसुवाबाट काठमाडौं ढुवानीका लागि सयौँ नेपाली कन्टेनर टिमुरेमा लामबद्ध भइसकेको सुरक्षाकर्मीले जनाएका छन्। भन्सार अधिकृत मदन श्रेष्ठका अनुसार चालु आर्थिक वर्षको गत साउनदेखि माघ २६ गतेसम्म चार अर्ब ७६ करोड ६० लाख ५२ हजार राजस्व संकलन भएको हो। 

रसुवागढी नाकाबाट केरुङसम्मको दूरी २४ किलोमिटर मात्रै छ। रसुवागढी नाकाबाट हुँदै आएको आयात-निर्यात झन्डै दुई वर्षयता पटकपटक प्रभावित हुँदै आएको छ। विभिन्न पर्व, हिमपात, पहिरो र कोरोना महामारीका कारण पटकपटक नाका बन्द भएको छ।

प्रकाशित: Feb 10, 2022| 10:05 बिहीबार, माघ २७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।