बुधबार, असार ३१, २०८३

बाल यौन दुराचारको आरोपमा स्विस नागरिक पिटर पक्राउ 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- बालयौन दुराचारको आरोपमा  स्विट्‍जरल्याण्डका ६६ बर्षिय पिटर क्रिष्चियन लाङेनडोर्फलाई नेपाल प्रहरीको अपराध अनुसन्धानको टोलिले काठमाडौंबाट पक्राउ गरेको छ।

काठमाडौंको वाफल बस्ने १६ बर्षका नाबालकलाई होटलमा आर्थिक प्रलोभनमा पारी यौनजन्य क्रियाकलापमा संलग्न गराएको आरोपमा पिटर पक्राउ परेका हुन।
भक्तपुरको सिद्धपोखरीमा बस्दै आएका पिटरको चाबहिल चुच्चेपाटीको टाईगर ईन, भक्तपुर दरबार स्क्वायरमा रहेको वेलकम हेरीटेज ईनमा लगानी रहेको महाशाखाले जनाएको छ।

स्विस नागरिक पिटरले रसुवामा शैक्षिक कार्यक्रम तथा एडुकोर स्विस नेपाल नामक गैरसरकारी संस्था सञ्चालन गर्दै आएको प्रहरीले जनाएको छ। आरोप स्वीकार गरेका पिटरलाई थप अनुसन्धानको लागि महानगरीय प्रहरी परीसर टेकु पठाईएको छ।

मुलुकी ऐन , जबरजस्ती करणी महलको दफा ३ अनुसार सोह्र बर्ष भन्दा कमको नाबालकलाई जबरजस्ती करणी गरेमा १० बर्ष कैद हुने व्यवस्था छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।